नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नासआईटी) ले सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने कदमले सिंगो आईटी क्षेत्रमा असर परेको बताएको छ ।
नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध यथासिघ्र हटाउन समेत नास आईटीले आग्रह गरेको छ ।
‘सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी निर्देशिकामार्फत सुरक्षित र जिम्मेवार डिजिटल वातावरण सिर्जना गर्ने निरन्तर प्रयास गरेको भएतापनि, केही प्ल्याटफर्महरुलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउने कदमले सिंगो आईटी क्षेत्रलाई पारेको प्रत्यक्ष असर पारेको छ,’ संस्थाले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘विश्व बजारमा नेपालको बढ्दो अवसर तथा छवि कायम राख्नका लागि तथा दैनिक सेवा सम्प्रेष्ण कायम राख्नका लागि समेत यस्ता सामाजिक सञ्जालको अविच्छिन्न पहुँच हुनु अपरिहार्य भएकाले हाल लगाइएको प्रतिबन्धलाई यथाशीघ्र हटाई संबन्धित निकायसंग दिर्घकालिन समाधानका उपाय खोज्न नेपाल सरकारसंग नास-आईटी विनम्र अनुरोध गर्दछ।’
यस कदमले नेपालभित्र तथा अन्तर्राष्ट्रिय स्तरमा सेवा प्रवाह गर्ने आईटी कम्पनीहरूको दैनिक काम कारवाहीलाई हदैसम्म अबरोध गर्दै, ग्राहकहरूसँगको संचारलाई पूर्ण रुपमा अबरुद्ध पारि परियोजना समन्वयमा ढिलाइ मात्र नभई समग्र व्यापर व्यवसायलाई नै ठुलो जोखिममा पार्ने स्थिति उत्पन्न भएको नास आईटीको ठम्म्याइ छ ।
सरकारको सुरक्षित र जिम्मेवार डिजिटल वातावरण सुनिश्चित गर्ने उद्देश्यप्रति सकारात्मक रहेको र सेवालाई पूर्ण रुपमा अवरु्द्ध नगरि खोजिने उपायहरुको स्वागत गर्न तत्पर रहेको नास आईटीको भनाइ छ ।