कीवर्डहरू -

एनसीएचएलको १२ औं साधारणसभा सम्पन्न, ३० प्रतिशत लाभांस वितरण गर्ने

एनसीएचएलको १२ औं साधारणसभा सम्पन्न, ३० प्रतिशत लाभांस वितरण गर्ने

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को १२ औं वार्षिक साधारणसभा आईतबार सम्पन्न भएको छ । सभाले ३० प्रतिशत लाभांस दिने निर्णय गरेको हो । 

३० प्रतिशत लाभांसमा २८.५ प्रतिशत बोनस शेयर र कर प्रायोजका लागि १.५ प्रतिशत नगद लाभांस वितरण गर्ने जनाइएको छ । 

बेनस वितरण पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ६६ लाख ३७ हजार ९०० रूपैयाँ बराबरको हनेछ । साथै बैठकले अधिकृत पूँजी वृद्धि गरी २ अर्ब रुपैयाँ पुर्‍याउन स्वीकृत गरेको छ ।

कम्पनीले पूँजी वृद्धि मार्फत नेशनल पेमेन्ट स्वीचमा लगानी गर्नका साथै नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने र जोखिम व्यवस्थापनलाई सुढृढ बनाउनका लागि उक्त पूँजी प्रयोग गर्नेछ ।

एनसीएचएलले वित्तीय तथा भुक्तानीसम्बन्धी प्रविधिमा अनुसन्धान लगायत प्रविधि र सफ्टवेयरको विकास समेत गर्ने उद्देश्यसहित कम्पनीको सहायक कम्पनीको रुपमा छुट्टै पब्लिक लिमिटेड कम्पनी खोल्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गर्नेछ ।