गूगलले हालसालै आफ्नाे नयाँ एन्ड्रोइड १६ सार्वजनिक गरेको थियो, जसमा यसपटक धेरै ठूला परिवर्तनहरू गरिएको छ। यतिबेला फेरि यस्तो खबर आइरहेको छ कि गूगलले नयाँ अपरेटिङ सिस्टम (प्रणाली)मा काम गरिरहेको छ, जुन क्रोमओएस र एन्ड्रोइडको मिश्रण हुन सक्छ। वास्तवमा, कम्पनी यो परिवर्तनमार्फत एप्पलको आइप्याडओएसलाई टक्कर दिन चाहन्छ र ल्यापटप–ट्याब्लेट प्रयोगकर्तालाई अझ राम्रो अनुभव दिन चाहन्छ। आउनुहोस्, यसबारे विस्तारमा जानौँ...
टेकरेडारको रिपोर्ट अनुसार, गूगलको एन्ड्रोइड इकोसिस्टमका प्रेसिडेन्टले एक इन्टरभ्यूमा बताएका छन् कि गूगल यस्तो नयाँ हाइब्रिड प्लेटफर्म तयार गर्दैछ, जुन क्रोमओएस र एन्ड्रोइड मिलाएर बन्नेछ। गूगलका अधिकारीले यो पनि भनेका छन् कि उनीहरूलाई यो जान्न निकै रोचक लाग्छ कि आजकल मानिसहरू ल्यापटप कसरी र कुन प्रयोजनका लागि प्रयोग गरिरहेका छन्।
यो कुराकानीपछि यस्तो भनिएको छ कि भविष्यमा गूगलले नयाँ अपरेटिङ सिस्टम ल्याउन सक्छ, वा फेरि एन्ड्रोइडको कुनै यस्तो संस्करण पनि सार्वजनिक गर्न सक्छ जुन विशेष गरेर ल्यापटप र ठूलो स्क्रिनका लागि डिजाइन गरिएको होस्। जानकारीका लागि भन्नुपर्दा, यसअघि नोभेम्बर २०२४ मा पनि यस्तो रिपोर्ट आएको थियो, जसमा भनिएको थियो कि गूगल एक मल्टी–इयर प्रोजेक्टमा काम गरिरहेको छ, जसले एन्ड्रोइड र क्रोमओएसलाई एक साथ मिलाएर नयाँ प्रणाली दिनेछ।
वास्तवमा, यसले गूगलको टिमलाई एउटै दिशामा केन्द्रित भएर काम गर्न सजिलो बनाउनेछ। त्यसैगरी ल्यापटप र ट्याब्लेट दुवैका लागि एउटै प्रणालीमा ध्यान केन्द्रित गर्न सकिनेछ। साथै डेभलपर्सका लागि पनि यो लाभदायक हुनेछ, किनकि धेरै प्रयोगकर्ताहरू प्रणालीमा जोडिन सक्नेछन् र यसले एप्सबाट हुने आम्दानी पनि बढ्न सक्छ।
त्यसैगरी भनिएको छ कि एप्पलको आइप्याडओएस जस्तै, गूगलको नयाँ प्रणालीबाट ल्यापटप र ट्याब्लेट प्रयोगकर्ताहरू सजिलै मल्टिटास्किङ गर्न सक्नेछन्। जानकारीका लागि, एप्पलको आइप्याडओएसमा धेरै यस्ता सुविधाहरू हुन्छन्, जसको सहयोगले तपाईंले ल्यापटप वा ट्याब्लेटमै बसेर फोन कल उठाउने लगायतका धेरै कार्यहरू गर्न सक्नुहुन्छ।