कीवर्डहरू -

स्न्यापड्रयागनको नयाँ प्रोसेसर एक्स इलाइट घोषणा, एप्पलकोभन्दा ५० प्रतिशत फास्ट हुने दाबी

स्न्यापड्रयागनको नयाँ प्रोसेसर एक्स इलाइट घोषणा, एप्पलकोभन्दा ५० प्रतिशत फास्ट हुने दाबी

क्वालकमले कम्प्युटरका लागि नयाँ प्रोसेसर स्न्यापड्रयागन एक्स इलाइटको घोषणा गरेको छ । बुधबार क्वालकमले स्न्यापड्रयागन एक्स इलाइट प्रोसेसर ल्याउने घोषणा गरेको हो ।

एक्स इलाइट प्रोसेसर फोर एनएम प्रोसेसमा बन्ने छ, जसमा १२ कोर हुनेछन् । यसमा १३६ जीबी पर सेकेण्ड मेमोरी ब्याण्डविथ हुनेछ । 

स्न्यापड्रयागन एक्स इलाइटले एप्पल, इन्टेल र एएमडीको प्रोसेसलाई बिट गर्ने कम्पनीको दावी छ । यसले एप्पलको एम टु चीपभन्दा ५० प्रतिशत बढी परफर्मेन्स दिने क्वालकमले दावी गरेको छ ।

कम्प्युटरका लागि एक्स इलाइट प्रोसेसर सन् २०२४ को मध्येबाट प्रदान गर्ने कम्पनीले जनाएको छ । यसका साथै क्वालकमले स्मार्टफोनका लागि स्न्यापड्रयागन जेन थ्रीको पनि घोषणा गरेको छ । 

त्यसैगरी क्वालकमले नयाँ प्रविधि समेत घोषणा गरेको छ, जसलाई स्न्यापड्रयागन सिमलेस नाम दिइएको छ । क्वाकमका अनुसार यो क्रस प्लेटफर्म प्रविधि हो, जसले एन्ड्रोइड, विन्डोज र स्न्याड्रयागन डिभाइसहरूलाई अन्य अपरेटिङ सिस्टम प्रयोग गरेर एक अर्कालाई पत्ता लगाउन तथा जानकारी शेयर गर्न एकीकृत प्रणालीको रूपमा काम गर्नेछ ।