कीवर्डहरू -

पुराना आइफोन र एन्ड्रोइडमा ह्वाट्सएप बन्द हुने, मेटाको सुरक्षा र अपडेट नीतिअनुसार निर्णय

पुराना आइफोन र एन्ड्रोइडमा ह्वाट्सएप बन्द हुने, मेटाको सुरक्षा र अपडेट नीतिअनुसार निर्णय

ह्वाट्सएप अब केही पुराना आइफोन र एन्ड्रोइड डिभाइसहरूमा काम गर्ने छैन् । यो परिवर्तन २०२५ जुन १ देखि लागू हुनेछ । पहिले मेटा (ह्वाट्सएपको पेरेंट कम्पनी) ले यसलाई मे ३१,२०२५ मा लागू गर्ने भनेको थियो, तर अब यो एक दिन पछि देखि लागु  हुँदैछ ।

मेटा को यो एउटा नियमित अपडेट प्रक्रिया हो, जसअन्तर्गत ह्वाट्सएपले प्रत्येक केही समयपछि पुराना अपरेटिङ सिस्टमहरूमा आफ्नो समर्थन बन्द गर्छ । यसको मुख्य उद्देश्य सुरक्षालाई सुनिश्चित गर्नु र राम्रो परफर्मेन्स दिनु हो ।

यी अपरेटिङ सिस्टमहरूमा हवाट्सएप नचल्ने :

  • आईओएस १५ वा त्यसभन्दा पुराना भर्सनहरू
  • एन्ड्रोइड ५.० (ललीपप) वा त्यसभन्दा पुराना भर्सनहरू

यी फोनहरूमा अब ह्वााट्सएप सपोर्ट गर्ने छैन

  • आइफोन ५एस
  • आइफोन ६
  • आइफोन ६ प्लस
  • आइफोन ६एस
  • आइफोन ६एस प्लस
  • आइफोन एसई (पहिलो पुस्ता)
  • सामसङ ग्यालेक्सी एस४
  • सामसङ ग्यालेक्सी नोट ३
  • सोनी एक्सपेरीया जेड१
  • एलजी जी२
  • हुवावे एस्सेन्ड पी६
  • मोटो जी (पहिलो पुस्ता)
  • मोटोरोला रेजर एचडी
  • मोटो ई (२०१४)

के गर्ने यदि तपाईंको फोन यो सूचीमा पर्छ भने?

सबैभन्दा पहिले तपाईंको फोन कुन सफ्टवेयर भर्सनमा चलिरहेको छ, त्यो जाँच गर्नुहोस् । यदि तपाईं आईओएस १५.१ वा एन्ड्रोइड ५.१ भन्दा माथिको संस्करण प्रयोग गर्नुहुन्छ भने, ह्वाट्सएप चलिरहनेछ ।
यदि फोन अपडेट गर्न सकिँदैन भने, नयाँ फोन किन्नुअघि तपाईंको व्हाट्सएप डाटा ब्याकअप लिनुहोस् ।

पुराना आईओएस र एन्ड्रोइड भर्सनहरूले अब सिक्योरिटी अपडेट्स प्राप्त गरिरहेका छैनन्, जसका कारण डाटा ह्याकिङ र अन्य साइबर खतराहरू बढ्न सक्छ । ह्वाट्सएप को यो कदम प्रयोगकर्ताहरूको सुरक्षा सुनिश्चित गर्नका लागि उठाइएको हो ।