काठमाडौँस्थित सूचना प्रविधि सम्बन्धी प्रशिक्षण दिने संस्था जेनेस एकेडेमी नेपालको लागि एक मात्रएडब्लुएस ट्रेनिंग पार्टनरको रुपमा छानिएको छ।
बेलायतमा मुख्यालय रहेको सेवाप्रदायक परामर्शदाता कम्पनी जेनेस सोलुसनको शैक्षिक इकाईको रुपमा रहेको जेनेस एकेडेमीले अब नेपालमा अमेजन वेब सर्भिसेज (एडब्लुएस) को ट्रेनिंग तथा मान्यता प्राप्त सर्टिफिकेशन कार्यक्रमहरु संचालन गर्न अनुमति पाएको छ।
जेनेस एकेडेमी (www.genesecloud.academy) ले नेपालको प्राविधिक क्षेत्रमा उच्च गुणस्तरको प्रशिक्षण तथा सीप विकास कार्यशालाहरु आयोजना गर्ने संस्थाको रुपमा पहिचान बनाएको छ। विश्वमै कहलिएका साझेदारहरुसंगको सहकार्यद्वारा एकेडेमीले 'टेक इकोसिस्टम' भित्र युवाहरुलाई प्रशिक्षण दिनुको साथै उनीहरुको सीप विकासमा सघाउने लक्ष लिएको छ।
नेपालमा औपचारिक रुपमा एडब्लुएस ट्रेनिंग पार्टनर कार्यक्रम शुरु हुनु जेनेस एकेडेमीको लागि मात्रै नभएर नेपालकै लागि एउटा महत्वपूर्ण कोशेढुंगा जेनेस एकेडेमीकी संचालन कार्यकारी आस्था शर्माले बताइन ।
‘यसभन्दा पहिले पनि हामीले नेपालमै पहिलो पटक अमेजन एकेडेमीको विश्वस्तरको पाठ्यक्रम नेपाली विद्यार्थीहरुलाई उपलब्ध गराएर महत्वपूर्ण उपलब्धि हासिल गरेका थियौं,' उनले भनिन, ‘अमेजनसंगको यो साझेदारीले हाम्रो प्रतिबद्धता थप बलियो बनेको छ । हामी युवाहरुलाई उच्च गुणस्तरको प्रशिक्षण र तीव्र गतिमा विकास भैरहेको प्रविधिको क्षेत्रमा आवश्यक सीपहरु प्रदान गर्न लागि परेका छौं ।’
जेनेस एकेडेमीले यो साझेदारीले इच्छुक विद्यार्थीहरु र सूचना प्रविधिको क्षेत्रमा कार्यरत कम्पनीहरुलाई एउटै छाता मुनि ल्याउने एकेडेमीको भनाइ छ । यो क्रान्तिकारी प्रविधिद्वारा आफ्नो सीप विकास गर्न चाहने जो सुकै प्रशिक्षणमा सहभागी हुन सक्ने एकेडेमीले जनाएको छ।