कीवर्डहरू -

आइएमई पेको डिजिटल दशैँ तिहार योजना, आईफोन १६ देखि पल्सर बाइकसम्म जित्ने अवसर

आइएमई पेको डिजिटल दशैँ तिहार योजना, आईफोन १६ देखि पल्सर बाइकसम्म जित्ने अवसर

नेपालीहरुको महान चाड, दशैं, तिहार तथा छठको पावन अवसरमा  आइएमई पेले डिजिटल दशैँ तिहार २०८१ योजना  सार्वजनिक गरेको छ ।  असोज १७ गते देखि कार्तिक २२ गतेसम्म लागु हुने  यस योजना अन्तर्गत  सेवाग्राहिहरुले आइएमई पेमार्फत गर्ने  करोवारहरुमा १ मेगा बम्पर उपहार, ५ बम्पर उपहार, १० साप्ताहिक उपहार र ३६ दैनिक उपहारहरु जित्न सक्नेछन् । 

मेगा बम्परमा पल्सरको एन एस २०० बाइक, बम्परमा  आइफोन १६, फ्रिज, वाशिङ मेशिन, टिभी, वान प्लस प्याड, साप्ताहिकमा सिएमएफको वाच प्रो २ र दैनिकमा अल्टिमाको इयरबड्स पुरस्कारहरु रहेको छ। साथै सेवाग्राहीहरुले आफ्नो आइएमई पे एपमा कुनै पनि बैंकको खाता लिङ्क गरेको खण्डमा यि पुरस्कारहरु जित्ने डबल मौका पनि पाउनेछन्। 

डिजिटल भुक्तानी सुविधालाई ग्राहकहरू माझ अझ बढावा  दिन योजनालाई थप परिस्कृत गर्दै आइएमई पे मार्फत गरिने बिभिन्न भुक्तानीमा  पनि पुरस्कारहरू प्रदान गरिनेछ। पुरस्कारहरुको विजेताहरु घोषणा आइएमई पेको सामाजिक संजाल मार्फत हुनेछ।

दैनिक तथा साप्ताहिक पुरस्कार बाहेकको सम्पूर्ण विजेताहरुले अभियान अवधिको अन्त्यमा मात्रै उपहारहरु प्राप्त गर्नेछन् । पुरस्कारको लागि योग्य हुन प्रयोगकर्ताहरुले मुख्यत: आइएमई पे एपमा आफ्नो केवाईसी प्रमाणित गर्नुपर्ने छ  ।  यस अभियान सम्बन्धि विस्तृत जानकारी तथा नियम र सर्तहरु आइएमई पेको आधिकारिक वेबपेजमा उपलब्ध हुनेछ। 

यस अभियान सम्बन्धी अन्य जानकारी लिन तथा आइएमई पेको सामाजिक संजालमा  चलिरहेको ह्यासट्याग अभियानमार्फत अतिरिक्त पुरस्कारहरु जित्नको लागि आइएमई पेको आधिकारिक फेसबुक र इन्स्टाग्राम पेजमा जान सकिन्छ।