कीवर्डहरू -

एनसेल खरिद बिक्रीमा कानुनको पालना भएको-नभएको अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

एनसेल खरिद बिक्रीमा कानुनको पालना भएको-नभएको अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

सरकारले एनसेल खरिद बिक्रीमा कानुनको पालना भएको-नभएको बारे अध्ययन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियामक निकायहरूलाई एनसेल खरिद बिक्रीमा कानुनको पालना भएको-नभएको बारे अध्ययन गर्न निर्देशन दिएको बताएका छन् । 

सोमबार सम्पादकहरूसँगको छलफलमा क्रेता र बिक्रेता कम्पनीको मात्रै कुरा मिलेर नहुने भन्दै प्रधानमन्त्रीले यस विषयमा गहन अध्ययन गर्न निर्देशन दिएको बताएका थिए । 

मलेसियन कम्पनी आजियाटा ग्रुपले गत शुक्रबार मात्रै एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर नेपालका सम्बन्धित निकायलाई थाहै नदिइ बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गर्ने सम्झौता गरेपछि यस विषयमा चौतर्फी चर्चा हुन थालेको छ । 

आईतबार संसदको लेखा समितिले एनसेलको खरिद बिक्री बारे बुझ्न आइतबार आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्टार कार्यालय र दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै ९ प्रश्न जवाफ मागेको थियो ।