कीवर्डहरू -

प्रधानमन्त्रीद्वारा नास्टको प्रविधि भवन तथा बायोमेडिकल रिसर्च ल्याब उद्घाटन

प्रधानमन्त्रीद्वारा नास्टको प्रविधि भवन तथा बायोमेडिकल रिसर्च ल्याब उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को प्रविधि भवन तथा बायोमेडिकल रिसर्च ल्याबको उद्घाटन गरेका छन् । 

नास्टको ४१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमको अवसरमा प्रधानमन्त्रीले प्रविधि भवन तथा बायोमेडिकल रिसर्च ल्याबको उद्घाटन गरेका हुन् । 

उद्घाटन पछि बोल्दै उनले अनुसन्धान केन्द्रबाट अन्तर्राष्ट्रियस्तरका अनुसन्धान र परीक्षण हुने वातावरण सिर्जना हुने बताए । 

नास्टको प्रविधि भवन र बायोमेडिकल रिसर्च ल्याबबाट अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान र परीक्षण हुने वातावरण सिर्जना हुँदै जानेछ,’ उनले भने, ‘त्यसका लागि आवश्यक पर्ने स्रोत साधन र उपकरणको व्यवस्था मिलाउन सरकारले अधिकतम सहयोग गर्नेछ ।’