कीवर्डहरू -

वैदेशिक रोजगारीको प्रक्रिया पूर्ण अनलाइन गरी बैंकिङ प्रणालीसँग जोडिदै छः प्रधानमन्त्री

वैदेशिक रोजगारीको प्रक्रिया पूर्ण अनलाइन गरी बैंकिङ प्रणालीसँग जोडिदै छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वैदेशिक रोजगारीको प्रक्रियालाई पूर्ण अनलाइन गरी बैंकिङ प्रणालीसँग जोडिने बताएका छन् ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । 

वैदेशिक रोजगारीमा जानेलाई बैंकसँग जोडन नसक्दा मिटरब्याज र चर्को ब्याजको शिकार हुनुपरेको बताउँदै उनले वैदेशिक रोजगारीको प्रक्रियालाई पूर्ण अनलाइन गरी बैंकिङ प्रणालीसँग जोडिँन लागेको जानकारी दिएका हुन् ।