कीवर्डहरू -

सातै प्रदेशमा ‘आईसीटी ज्ञान’ कार्यक्रम सञ्चालन हुने, डिजिटल साक्षरता अभिवृद्धि गर्ने उद्देश्य

सातै प्रदेशमा ‘आईसीटी ज्ञान’ कार्यक्रम सञ्चालन हुने, डिजिटल साक्षरता अभिवृद्धि गर्ने उद्देश्य

सूचना तथा सञ्चार प्रविधिको पहुँच विस्तार गरी डिजिटल साक्षरता सुदृढ बनाउन आईसिटी फाउण्डेशन नेपाल (IFN) र एनसेल फाउण्डेशनले संयुक्त रूपमा ‘आईसीटी ज्ञान’ कार्यक्रम सातै प्रदेशमा आयोजना गर्ने भएको छ । यो कार्यक्रम एनसेल फाउन्डेशनको सामाजिक पहलको रुपमा आयोजना गरिएको हो । यो परियोजना अगाडि बढाउने प्रमुख भूमिका एनसेल फाउन्डेशनले निर्वाह गरेको छ।

उल्लेखित कार्यक्रम अन्तर्गत प्रदेश प्रमुख शहर साथै अरु केन्द्रहरूमा समावेशी तालिम सत्र सञ्चालन गरी विद्यालयका विद्यार्थी, महिला समूह, कृषि व्यवसायी, युवा उद्यमी र स्थानीय सरकारका प्रतिनिधिलाई लक्षित गरी डिजिटल सीप र प्रविधि उपयोगका विविध विषयमा प्रशिक्षण दिइनेछ। एनसेल फाउण्डेसनले आफ्नो सामाजिक परियोजनाको रुपमा आईसिटी फाउण्डेसन नेपालसँग सहकार्य गरेर यो कार्यक्रम गरिरहेको छ । 

नेपालका विभिन्न प्रदेशहरूमा डिजिटल साक्षरता र प्रविधिको प्रयोगका विविध पहलहरू आगामी दिनमा सञ्चालन गरिने छन्। कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लामा डिजिटल आधारभूत तालिम र साइबर सुरक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ।

मधेश प्रदेशमा सप्तरी र सर्लाही जिल्लामा मोबाइल बैंकिङ् र अनलाइन पेमेन्ट प्रणालीको प्रयोग प्रवर्द्धन गरिनेछ। बागमती प्रदेशको दोलखा र सिन्धुपाल्चोकमा सामाजिक सञ्जाल व्यवस्थापन र डेटा गोपनीयतासम्बन्धी तालिमहरू प्रदान गरिने छन्।

साथै गण्डकी प्रदेशमा स्याङ्जा र मनाङ जिल्लामा क्लाउड सेवा र डिजिटल उद्यमिताका उत्कृष्ट अभ्यासहरू अघि बढाइने छन्। लुम्बिनी प्रदेशको बाँके र प्युठानमा कृषि डिजिटलाइजेशन तथा कृषक मोबाइल एप्सको प्रयोग विस्तार गरिनेछ।

null

कर्णाली प्रदेशको दैलेख र सल्यानमा ई–गुम्तिकरा प्रणाली र डिजिटल वित्तीय समावेशनमा ध्यान केन्द्रित गरिनेछ भने सुदूरपश्चिम प्रदेशका अछाम र कैलाली जिल्लामा सरकारी सेवा ई–गभर्नेन्स र अनलाइन प्लेटफर्ममार्फत प्रदान गरिने छन्। यी पहलकदमीहरूले आगामी दिनमा देशभर डिजिटल समावेशीता र प्रविधिमैत्री समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउनेछन्।

आईसिटी फाउण्डेशन नेपालका अध्यक्ष राजन लम्सालले भने, “डिजिटल विभेद अन्त्य गर्न र सूचना प्रविधिमा सर्वसुलभ पहुँच सुनिश्चित गर्न यो कार्यक्रम सहायक हुनेछ । समुदाय स्तरबाट सीप विकासले दिगो सामाजिक–आर्थिक परिवर्तन ल्याउने विश्वास लिएका छौं ।”

एनसेल फाउण्डेसनले निरन्तर रुपमा यस प्रकारको सामाजिक पहलहरुका लागि सहकार्य तथा सहयोग गर्दै आएको छ ।

तालिममा सहभागी हुन इच्छुकले आईसिटी ज्ञानको आधिकारिक वेबसाइट www.ictgyan.com मार्फत फारम भर्न सक्नेछन्। थप जानकारीका लागि [email protected] मा सम्पर्क गर्न सकिनेछ।