कीवर्डहरू -

राइड शेयरिङ सेवालाई उद्योगको मान्यता

राइड शेयरिङ सेवालाई उद्योगको मान्यता

सरकारले राइड शेयरिङ सेवालाई उद्योगको रूपमा पहिचान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा राइड शेयरिङ सेवा थप गरेको हो । 

औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६५ ले दिएको अधिकार प्रयोग गरी सो ऐनको अनुसूची ८ को क्रमसङ्ख्या ६५ पछिको क्रमसङ्ख्या ६६ मा राइड शेयरिङ सेवा थप भएको मन्त्रालयले जनाएको छ ।

यो व्यवस्थासँगै राईड शेयरिङ सेवा प्रदायकहरू अब राइड शेयरिङ उद्योगको रूपमा दर्ता हुन सक्ने छन् । यसअघि राईड शेयरिङ सेवा छुट्टै उद्योगको रूपमा पहिचान भएको थिएन । 

null