कीवर्डहरू -

स्मार्टफोन सफा गर्ने सही तरिका: स्वास्थ्य र सुरक्षाका लागि ध्यान दिनुपर्ने उपायहरू

स्मार्टफोन सफा गर्ने सही तरिका: स्वास्थ्य र सुरक्षाका लागि ध्यान दिनुपर्ने उपायहरू

आजको डिजिटल युगमा स्मार्टफोन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ । खानाको टेबलदेखि बाथरुमसम्म प्रयोग गर्छौं।

तर के तपाईंलाई थाहा छ, तपाईंको स्मार्टफोन ब्याक्टेरियाको सबैभन्दा ठूलो घर बन्न सक्छ ? विभिन्न अनुसन्धानहरूले पुष्टि गरेका छन् कि स्मार्टफोनमा ट्वाइलेट सीटभन्दा पनि बढी ब्याक्टेरिया हुन सक्छ ।

यो न केवल तपाईंको स्वास्थ्यका लागि हानिकारक हुन्छ, तर तपाईंको परिवारका लागि पनि खतरा बन्न सक्छ । त्यसैले स्मार्टफोनको नियमित सफाई अत्यन्त जरुरी छ । आउनुहोस्, यसलाई सफा गर्ने सरल र प्रभावकारी तरिकाहरू जानौ।

फोनलाई कसरी राम्रोसँग सफा गर्ने ?

सबैभन्दा पहिले, आफ्नो फोनलाई बन्द गर्नुहोस् ताकि सफाइका क्रममा कुनै नोक्सानी नहोस् । माइक्रोफाइबर कपडालाई हल्का भिजाएर सफा गर्नुहोस् । ध्यान दिनुहोस् कि कपडा धेरै भिजेको नहोस् । स्क्रिनमा रहेको धुलो र औंलाका दाग हटाउन हल्का हातले सफा गर्नुहोस् ।

स्मार्टफोन सफा गर्न बजारमा विशेष लिक्विड पनि उपलब्ध छ, जसले ब्याक्टेरियालाई मार्न मद्दत गर्छ । बटन र पोर्टको वरिपरि जमेको फोहोर हटाउन कपासको फोहोराको प्रयोग गर्नुहोस् । ती ठाउँमा सफा गर्न सानो ब्रसको पनि प्रयोग गर्न सकिन्छ, जहाँ कपडा पुग्दैन् ।

यदि तपाईं फोनमा कभर वा केस प्रयोग गर्नुहुन्छ भने, त्यसलाई बेग्लै सफा गर्नुहोस्।  प्लास्टिक वा सिलिकन कभरलाई मनतातो पानी र साबुनले धोउन सकिन्छ । राम्रोसँग सुकाएपछि मात्र कभरलाई फोनमा लगाउनुहोस् ।

स्पिकर ग्रिल्स र क्यामेरा लेन्सको सफाई कसरी गर्ने ?

स्पिकर ग्रिल्स र क्यामेरा लेन्स सफा गर्न हल्का हातले कपासको प्रयोग गर्नुहोस् । ध्यान दिनुहोस् कि यी भागमा मोइस्चर नजाओस् । फोन सफा गरेपछि, फोनलाई पूर्ण रूपमा सुक्न दिनुहोस् र त्यसपछि मात्र फिर्ता अन गर्नुहोस् । सुनिश्चित गर्नुहोस् कि कतै पनि नमी वा पानीका कण बाँकी छैनन् ।

ध्यान दिनुपर्ने कुराहरू

  • फोनमा सिधै पानी वा कुनै लिक्विड नहाल्नुहोस् ।
  • कठोर वा रफ सामग्रीको प्रयोग नगर्नुहोस्, किनभने यसले स्क्रिनमा स्क्रयाच पार्न सक्छ ।

यी तरिकाहरू अपनाएर तपाईं आफ्नो स्मार्टफोनलाई सफा र सुरक्षित राख्न सक्नुहुन्छ ।