कीवर्डहरू -

पशुपतिमा हुने आरतीको भिडियो व्यवसायीक प्रायोजनका लागि सामाजिक सञ्जालमा राखे कपिराइट लाग्ने

पशुपतिमा हुने आरतीको भिडियो व्यवसायीक प्रायोजनका लागि सामाजिक सञ्जालमा राखे कपिराइट लाग्ने

पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरतीको भिडियो सामग्री सामाजिक सञ्जालमा व्यवसायिक प्रायोजनका लागि राखेमा कपिराइट लाग्ने भएको छ । 

पशुपति क्षेत्र विकास कोष र बुढा सुब्बा डिजिटलले एक सूचना निकाल्दै पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दिप प्रज्वलनको भिडियो खिचेर व्यवसायिक प्रायोजनका लागि सामाजिक सञ्जालमा राखे कारवाही हुने जानकारी दिएका हुन् । 

भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युटुबमा व्यवसायिक प्रायोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराईट ऐन अन्तर्गत कारवाही हुने जनाइएको छ । गत भदौमा पशुपति क्षेत्रमा भिडियो टेन्डर बुढासुब्वा डिजिटल प्रालिले प्राप्त गरेको थियो ।