कन्टेन्ट क्रिएटरहरुले फेसबुक र इन्स्टाग्राममा रिल्स बनाएर लाखौं फलोअर्स हासिल गर्न सक्छन् ।
यदि तपाईं पनि रिल्समार्फत् फलोअर्सको संख्या बढाउन चाहनुहुन्छ भने हामी ५ त्यस्ता गल्तीहरूको बारेमा बताइरहेका छौं, जसलाई तपाईंले कहिल्यै दोहोर्याउनु हुँदैन् ।
१. उच्च गुणस्तरमा रिल्स बनाउनुहोस्
रिल्स सधैं उच्च गुणस्तरमा बनाउन प्रयास गर्नुहोस् । कम गुणस्तरको वा ब्लर भिडियोहरू मानिसहरूले मन पराउँदैनन् । त्यसैगरी, अडियोको गुणस्तर पनि सफा र स्पष्ट हुन आवश्यक छ ।
२. रिल्सको लम्बाइ कति हुनुपर्छ?
रिल्स कम्तिमा ३० देखि ४५ सेकेन्डको बनाउनुहोस् । धेरै छोटो रिल्समा तपाईं पर्याप्त कन्टेन्ट राख्न सक्नुहुन्न र प्रयोगकर्तासम्म सम्पूर्ण जानकारी पुग्दैन् ।
३. ह्यासट्यागको सही प्रयोग गर्नुहोस्
रिल्स अपलोड गर्दा ह्यासट्याग प्रयोग गर्न नबिर्सनुहोस् । यसले तपाईंको रिल्सलाई ट्रेन्डिङ बनाउन मद्दत गर्छ । तर, बिना कारण अनावश्यक ह्यासट्यागहरू राख्नबाट बच्नुहोस् । सधैं कन्टेन्टसँग सम्बन्धित ट्यागहरू मात्र प्रयोग गर्नुहोस् ।
४. नियमित रूपमा रिल्स पोस्ट गर्नुहोस्
यदि तपाईं फलोअर्सको संख्या बढाउन चाहनुहुन्छ भने, नियमित रूपमा रिल्स पोस्ट गर्नुपर्छ । यदि तपाईं दिनमा कम्तिमा २–३ रिल्स पोस्ट गर्नुहुन्छ भने, प्रयोगकर्ताको इनगेजमेन्ट निरन्तर रहन्छ ।
५. कमेन्टहरूको जवाफ दिनुहोस्
यदि तपाईं प्रयोगकर्ताको कमेन्टहरूको जवाफ दिनुहुन्छ भने, तपाईं र उनीहरूबीचको सम्बन्ध अझ मजबुत बन्छ । यसले तपाईंको विश्वसनीयता बढाउँछ र तपाईं प्रयोगकर्तालाई अझ राम्रोसँग बुझ्न सक्नुहुन्छ ।