आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आजको समयमा सबैभन्दा क्रान्तिकारी उपकरण बन्न पुगिसकेको छ । विशेषगरी एआई च्याट टूलहरू: जस्तै च्याटजीपीटी, गुगल जेमिनाई, माइक्रोसफ्ट कोपाइलट र एनथ्रोपिक क्लाउड आदिले काम गर्ने तरिकालाई पूर्ण रूपमा परिवर्तन गरिदिएका छन् ।
यी टूलहरू न केवल विद्यार्थी र पेशेवरहरूको लागि उपयोगी छन्, तर सामग्री निर्माता (कन्टेन्ट क्रिएटर्स), स्टार्टअप र कोड लेख्नेहरूको लागि पनि गेमचेन्जर सावित भइरहेका छन् । तर, यिनबाट अधिकतम लाभ लिनको लागि स्मार्ट तरिकाले र सही ट्रिक्ससहित प्रयोग गर्नु आवश्यक हुन्छ । आउनुहोस्, एआईलाई अझ प्रभावकारी तरिकाले कसरी प्रयोग गर्ने भन्ने कुरा बुझौँ ।
एआई च्याट टूलहरूलाई सबैभन्दा पहिले तपाईंलाई के चाहिएको हो भन्ने कुरा बुझ्न आवश्यक हुन्छ । यदि तपाईं केवल “मदत गर“ जस्तो अस्पष्ट निर्देशन दिनुहुन्छ भने, टूलले पनि सामान्य र अप्रासंगिक उत्तर दिन सक्छ । यसको सट्टामा तपाईं यसरी भन्नुहोस्ः “डिजिटल शिक्षाका फाइदाहरूबारे २०० शब्दको निबन्ध लेख“। यस्ता स्पष्ट निर्देशनले टूललाई सटीक दिशा दिन्छ र यसले अझ उपयोगी उत्तर दिन सक्छ ।
एआईबाट राम्रो उत्तर पाउनको लागि तपाईंले उसलाई सन्दर्भ दिनु आवश्यक हुन्छ । उदाहरणका लागि, यदि तपाईं कुनै पुरानो लेखलाई संक्षेप गर्न चाहनुहुन्छ भने, त्यस लेखको लिंक वा अंश शेयर गर्नुहोस् । त्यसैगरी, यदि तपाईं कुनै मार्केटिङ पोस्ट तयार गर्न चाहनुहुन्छ भने, पहिला उत्पादनको जानकारी दिनुहोस ्। जति राम्रो सन्दर्भ, उति उत्कृष्ट आउटपुट ।
एआईले पहिलो पटकमै परफेक्ट उत्तर नदिए पनि निराश नहुनुहोस् । तपाईं एआईलाई यसरी भन्न सक्नुहुन्छः “यसलाई सरल नेपालीमा दोहो¥याएर लेख“, “यसमा एउटा उदाहरण जोड“, “यसलाई अलिक छोटो गर“। यस्तो प्रकारको संवादलाई अगाडि बढाउँदै जानुहोस् र तपाईंले चाहेको सटीक र उपयुक्त उत्तर पाउनुहोस् ।
एआईलाई यो पनि भन्नु महत्त्वपूर्ण हुन्छ कि उत्तर कुन शैलीमा चाहिएको हो—जस्तै औपचारिक, रमाइलो, प्राविधिक वा संवादात्मक । उदाहरणका लागिः “एक उत्साही र युवालाई आकर्षित गर्ने सामाजिक सञ्जाल पोस्ट लेख“। यस्ता निर्देशनहरूले टूलबाट अझ सृजनात्मक (क्रिएटिभ) आउटपुट प्राप्त हुन्छ ।
एआई टूलहरू सामान्यतया सुरक्षित हुन्छन्, तर पनि कुनै गोप्य जानकारी—जस्तै बैंक विवरण, पासवर्ड, व्यक्तिगत परिचय आदि—शेयर नगर्नुहोस् । एआईलाई टूलका रूपमा प्रयोग गर्नुहोस्, मानिसको रूपमा पूर्ण विश्वासी साथी होइन ।