जेमिनाई एआईले जीमेल स्क्यान गर्छ भनी फैलिएको दाबी गलत भएको पाइएको छ । गूगलले जीमेल सामग्रीलाई जेमिनी एआई वा कुनै पनि एआई मोडेल प्रशिक्षणका लागि प्रयोग नगर्ने स्पष्ट पारेको छ ।
हालै गूगलले गुपचुप सबै प्रयोगकर्तालाई जेमिनी एआई मोडेलका लागि अप्ट-इन गरेको र व्यक्तिगत इमेल र अट्याचमेन्टहरू एआई प्रशिक्षणमा प्रयोग गरिरहेको खबर भाइरल भएको थियो । जसले गर्दा गोपनीयतामा समेत प्रश्न उठेको थियो ।
तर गूगलको यी सबै दावी झुटो भएको बताएको छ । गूगलले स्पष्ट रूपमा भनेको छ - कम्पनीले जीमेल सामग्रीलाई जेमिनी एआई वा कुनै पनि एआई मोडेल प्रशिक्षणका लागि प्रयोग गर्दैन। प्रयोगकर्ताहरूका सेटिङहरूमा कुनै प्रकारको परिवर्तन गरिएको छैन र भविष्यमा यदि कुनै नीतिमा परिवर्तन भयो भने पूर्ण पारदर्शितासहित जानकारी गराइने छ ।
गूगलको बयानपछि भाइरल पोष्ट र रिपोर्टहरूमा गरिएको दावी भ्रामक र तथ्यहीन सावित भएको छ ।
Let's set the record straight on recent misleading reports. Here are the facts:
— Gmail (@gmail) November 21, 2025
• We have not changed anyone’s settings.
• Gmail Smart Features have existed for many years.
• We do not use your Gmail content to train our Gemini AI model.
We are always transparent and…
आईसीटी समाचार