कीवर्डहरू -

सुरक्षण मुद्रणको काम निजी क्षेत्रलाई नदिइने

सुरक्षण मुद्रणको काम निजी क्षेत्रलाई नदिइने

सुरक्षण मुद्रणको काम निजी क्षेत्रलाई नदिइने भएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा सांसदहरुको संशोधनमाथि छलफल गर्दै सुरक्षण मुद्रण गर्नुपर्ने सामग्रीहरु मुद्रण गर्न निजी क्षेत्रलाई नदिने निर्णय गरेको हो । 

विधेयकमा सुरक्षण मुद्रण गर्नुपर्ने राष्ट्रिय परिचय पत्र, नागरिकता, बैंक नोट र राहदानी बाहेकका सामग्रीहरुलाई अन्य व्यक्ति वा निकायहरुमा पनि दिन सकिने व्यवस्था थियो । तर त्यसमाथि सांसदहरुले संशोधन हालेपछि सरकारी निकायभन्दा बाहिर मुद्रण गर्न नदिने निर्णय भएको हो । 

नेपाल सरकारले नसकेको खण्डमा सरकारकै स्वामित्वमा रहेका निकायहरुलाई भने मुद्रणको जिम्मेवारी दिन सकिने व्यवस्था भने गरिएको छ।