चीनको नम्बर १ व्यावसायिक ब्रान्ड फोटोनले आफ्नो नयाँ शक्तिशाली पिकअप गाडी फोटोन टुनल्यान्ड जीसेभेन नेपालमा सार्वजनिक भएको छ । अत्याधुनिक प्रविधिसहितको यो गाडी हिमाली राष्ट्र नेपालको भौगोलिक परिवेशमा उत्कृष्ट प्रदर्शन गर्ने गरी निर्माण गरिएको हो ।
यसअघि नै टुनल्यान्ड जीसेभेनले २३ दिनमै ८ वटा उच्च र कठोर अफ-रोड भूभागहरू पार गर्ने विश्वकै पहिलो पिकअपका रूपमा इतिहास रचिसकेको छ । नेपालमा डेब्यु गर्नु अघि यो गाडी १५ हजार किलोमिटरको कठिन परीक्षणमा टेस्ट गरिएको थियो।
कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले रोकथाम मेनटेनेन्सदेखि एक्सिडेन्टल मर्मतसम्म जीसेभेनको मर्मत खर्च बजारका अन्य विकल्पहरूभन्दा २० प्रतिशत कम भएको बताए ।
नेपालको चुनौतीपूर्ण भूगोलमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम यो गाडीमा १६० हर्सपावरको शक्ति र ३९० एनएम टर्क उपलब्ध छ। २२५ मिमीको प्रशंसायोग्य ग्राउन्ड क्लियरेन्स भएको यो गाडीले असहज बाटो, उकालो–ओरालो र अप्रत्याशित हिमाली बाटाहरू सजिलै पार गर्न सक्नेछ। हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोलजस्ता विशेषताले उकालो चढ्ने वा ओरालो झर्ने अवस्थाहरूमा सुरक्षाको अनुभूति दिलाउँछन् साथै पुस-स्टार्ट इन्जिन बटनले गर्दा सजिलै गाडी स्टार्ट गर्न मिल्छ।
फोटोन टुनल्यान्ड जीसेभेनले मजबुत क्षमतासँगै आरामदायी यात्रा पनि सुनिश्चित गर्छ। क्याबिनभित्र छिरेपछि १२.३ इन्चको इन्फिनिटी स्क्रिनले तपाईंलाई स्वागत गर्नेछ, जसले नेभिगेसन र मनोरञ्जनमा सहजता ल्याउँछ। चालक र यात्रु दुवैलाई कुनै पनि मौसममा आरामदायी अनुभव दिनका लागि सिटहरू हीटेड र भेन्टिलेटेड छन्, र तिनीहरू १२ तरिकाले इलेक्ट्रिक रूपमा एड्जस्ट गर्न मिल्ने खालका छन्।
प्यानोरामिक सनरूफले आकाशसँगको प्राकृतिक सम्पर्कको अनुभूति गराउने अपेक्षा गराउँदै शक्तिका अलावा खुलापन र सौन्दर्य पनि सँगसँगै उपलब्ध हुन सक्छन् भन्ने अनुभूति दिलाउनेछ। र, स्वचालित एयर कन्डिसनिङ सिस्टमले जुनसुकै मौसममा सहज वातारण सुनिश्चित गर्नेछ।
फोटोनले सधैं उद्देश्यसहितको इनोभेसनमा विश्वास राख्दै आएको छ। यो गाडी नेपालमा केवल बिक्रीका लागि ल्याइएको होइन, यो त नेपालकै लागि डिजाइन गरिएको हो।
कठोर अफ-रोड परिस्थितिमा १५,००० किलोमिटरको परीक्षणपछि र विश्वकै पहिलो पिकअपको रूपमा २३ दिनमै आठवटा सबैभन्दा चुनौतीपूर्ण ट्रेलहरू पार गरी, जीसेभेनले आफूलाई सहनशीलता र क्षमताको प्रतीकको रूपमा प्रमाणित गरेको छ ।
फोटोन टुनल्यान्ड जीसेभेन सुरुवाती मूल्यहरू एलिटका लागि ५१.९९ लाख रूपैयाँ, लक्जरीका लागि ६५.४० लाख रूपैयाँ र फ्ल्यागशिप मोडेलका लागि ६९.९९ लाख रुपैयाँ गरी तीन फरक भेरियन्टहरूमा उपलब्ध छ ।