कीवर्डहरू -

अब युट्युबमा पनि गेम खेल्न सकिने

अब युट्युबमा पनि गेम खेल्न सकिने

पछिल्लो समय विभिन्न सामाजिक सञ्जालहरूले आफ्नो प्लेटफर्म गेमिङ सुविधा सार्वजनिक गरिरहेका छन् । यो सूचीमा अब युट्युब पनि थपिएको छ ।

युट्युबले मोबाइल र डेस्क्टपमा प्लेबल कार्यक्रम सार्वजनिक गर्न सुरू गरेको छ । युट्युबको वेबसाइट वा मोबाइल एपमा गएर साइडबारमा रहेको प्लेबलमा क्लिक गरेर गेम खेल्न सकिने छ ।

युट्युबले प्लेयर्सहरूलाई प्रोग्रेस सेभ गर्न र हाई स्कोर ट्रयाक गर्न दिनेछ । युट्युबमा ७५ बढी गेमहरू रहेका छन्, जहाँ चेस, क्रसवर्ड, एङ्ग्री बड सोडाउन लगायतका गेमहरू उपलब्ध रहेका छन् । 

युट्युब प्रिमियम सदस्यका लागि गत वर्ष युट्युबले गेमिङ सेवा सुरू गरेको थियो । त्यो समयमा थोरै गेम मात्र उपलब्ध थिए । पछिल्लो समय प्रविधि कम्पनीहरूलाई सब्सक्राइबरलाई राखिराख्न अनौपचारिक गेम स्लेटको सुविधा ल्याइरहेका छन् । 

लिङ्क्डइनलै हालै गेमिङ फिचर ल्याएको थियो । नेटफ्लिक्सले पनि गेमिङ सुविधा ल्याएको थियो । युट्युबको प्यारेन्ट कम्पनी गूगलले पनि सन् २०१९ मा गूगल स्टाडिया गेमिङ सेवा ल्याएको थियो । तर ३ वर्षपछि सन् २०२३ मा त्यो सेवा बन्द भएको थियो ।