खल्तीले नेप्से सँगको सहकार्यमा टिएमएस अकाउन्टमा कोलेटरल लोडका साथै ब्रोकरको भुक्तानी गर्न मिल्ने सुविधा उपलब्ध गराएको छ ।
बजारलाई केन्द्रित गरेर विभिन्न सेवा जस्तै मेरो शेयर, डिम्याट, एसआईपीको भुक्तानी सुविधा उपलब्ध गराउँदै आइरहेको छ । यसै अनुरूप कोलेटरल लोड र ब्रोकर भुक्तानी सुविधा पनि उपलब्ध गराएको हो ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले पुँजी बजारमा सक्रिय सहभागिताको प्रवर्धन गर्ने उद्देश्यको यो सेवाबाट साना तथा मझौला शेर लगानीकर्ता लाभान्वित हुने बताए ।
साना तथा मझौला लगानीकर्ताहरूलाई लक्षित गर्दै उपलब्ध गराइएको यस सुविधामार्फत शेयर बजारमा लगानी गर्न इच्छुक लगानीकर्ताले हाललाई ३५ बढी ब्रोकर अकाउन्टमा कोलेटरल टिएमएस मार्फत खल्ती प्रयोग गरि कोलेटरल लोड गर्न सक्नेछन् र छिट्टै नै अन्य ब्रोकरहरूलाई पनि यस सेवामा समावेश गरिने खल्तीले जनाएको छ ।
खल्तीबाट यसरी गर्नुहोस् टिएमएस ब्रोकर अकाउन्टको कोलेटरल लोड
ब्रोकरको भुक्तानी गर्ने तरिका