कीवर्डहरू -

पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्न सक्ने अवस्था छः अर्थमन्त्री वर्षमान पुन

पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्न सक्ने अवस्था छः अर्थमन्त्री वर्षमान पुन

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा आईटी क्षेत्रलाई प्राथमिकता दिने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको अर्थ समितिमा भएको आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तका विषयमा भएको छलफलमा उनले आईटी क्षेत्रलाई प्राथमिकता दिने बताएका हुन् । 

गत वर्ष ७६ अर्बको आइटी सफ्टवेयर निर्यात भएको अध्ययनले देखाएको बताउँदै पुनले अर्थतन्त्र सबल बनाउने र निर्यात बढाउने महत्त्वपूर्ण क्षेत्र आइटी नै हुनसक्ने जनाए । 

‘आगामी पाँच वर्षमा हामी ५ खर्ब बराबरको सफ्टवेयर नेपालबाट निर्यात गर्नसक्ने अवस्था छ । यो सम्बन्धि सेवाहरु निर्यात गर्नसक्छौं । निर्यात गर्नसक्ने प्रविधिको क्षेत्रलाई प्राथमिकतामा सरकारले राखेको छ,’ उनले भने ।