कीवर्डहरू -

सूचना प्रविधि क्षेत्रमा सम्भावना छ, लाभ लिन सक्ने गरी विकास गर्नुपर्छः महासंघ अध्यक्ष ढकाल

सूचना प्रविधि क्षेत्रमा सम्भावना छ, लाभ लिन सक्ने गरी विकास गर्नुपर्छः महासंघ अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासका लागि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यसबाट लाभ लिनसक्ने गरी औद्योगिक विकास गर्न आग्रह गर्नुपर्ने धारणा राखेका छन् ।

शनिबार काठमाडौँमा आयोजित सूचना प्रविधिसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसारमा द्रुततर रुपमा विकास भइरहेको सूचना प्रविधिबाट उनीहरुले यथेष्ट लाभ लिइरहेका दृष्टान्त पेश गर्दै नेपालले पनि सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । 

विश्वका अरु देशहरुमा जस्तै नेपालमा पनि पछिल्ला बर्षहरुमा सूचना प्रविधिका क्षेत्रमा द्रुत विकास भइरहेको बताउँदै ढकालले नेपालको युवा वर्ग अहिले ठूलो सङ्ख्यामा सूचना प्रविधिमा लागिरहेकाले देशमा सूचना प्रविधि उद्योगको विकास र विस्तार गरी यसको सेवा निर्यातबाट लाभ लिन सक्नुपर्ने बताएका थिए ।  

आगामी दशकलाई सूचना प्रविधि दशकका रुपमा घोषणा गरी हरेक प्रदेशमा सूचना प्रविधि पार्क निर्माण गर्ने, १५ लाख रोजगारी सिर्जना गर्ने र हरेक बर्ष नेपालबाट कम्तीमा पनि तीन खर्ब रुपैयाँ बराबरको सूचना प्रविधि सेवा निर्यात गर्ने लक्ष्य पुरा गर्न लगानीमैत्री वातावरण राज्यले निर्माण गनुपर्ने उनको भनाइ छ ।

नेपालमा अहिले पनि करिब पाँच सय सूचना प्रविधिसम्बन्धी कम्पनी रहेका जानकारी उनले उचित नीति र लगानीको सहज वातावरणको सुनिश्चितता भयो भने धेरै कम्पनीहरु केही समयमै स्थापना भई सञ्चालनमा आउने पनि बताएका थिए ।