स्मार्टफोन आज हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनिसकेको छ । यो डिभाइसले तपाईंलाई धेरै काम केही मिनेटमै गर्न सहयोग गर्छ जस्तै किनमेल गर्नु, कसैलाई पैसा पठाउनु, वा धेरै टाढा रहेका व्यक्तिसँग कुरा गर्नु—यी सबै काममा यो डिभाइस एकदम उपयुक्त छ ।
यद्यपि समयसँगै यसको परफर्मेन्स कमजोर हुँदै जान्छ, जसका धेरै कारण हुन सक्छन् । तर के तपाईंलाई थाहा छ, कहिलेकाहीँ केही एप्सकै कारण फोन स्लो हुने गर्छ? यस्तो अवस्थामा तपाईंको मनमा पनि यो प्रश्न उठ्न सक्छ कि आखिर कुन एप्स फोन स्लो गरिरहेका छन् भनेर कसरी पत्ता लगाउने? आज हामी यही विषयमा विस्तारमा जान्नेछौं :
ब्याट्री प्रयोग
फोन स्लो बनाउने एप्स पत्ता लगाउने सबैभन्दा सजिलो तरिका हो—फोनको ब्याट्री प्रयोग हेर्नु हो । यसका लागि तपाईंको डिभाइसको सेटिङ्मा गएर ब्याट्रीमा क्लिक गरी ब्याट्री युसेजमा जानुहोस् र हेर्नुहोस् कुन–कुन एप्सले सबैभन्दा धेरै ब्याट्री खर्च गरिरहेका छन ्। यस्ता एप्स प्रायः ब्याकग्राउण्डमा सक्रिय भइरहन्छन् । यिनै एप्स फोनको प्रदर्शनमा गिरावट ल्याउने प्रमुख कारण हुन सक्छन् ।
र्याम प्रयोग
एन्ड्रोइड फोनमा तपाईं र्याम प्रयोग हेरेर पनि पत्ता लगाउन सक्नुहुन्छ कि कुन एप्सले फोन स्लो गरिरहेका छन् । यसको लागि सेटिङ्समा गएर डेवेलपर अप्सन्समा क्लिक गरी रनिङ सर्भिसेस मा जानुहोस् र हेर्नुहोस् कुन एप्सले र्याममा धेरै लोड दिइरहेका छन् । यदि तपाईंको फोनमा डेवेलपर अप्सन्स देखिएको छैन भने, सेटिङ्समा गई अबाउट फोनमा क्लिक गरेर बिल्ड नम्बर मा सात पटक क्लिक गर्नुहोस् । त्यसपछि डेवेलपर अप्सन्स अन हुन्छ ।
स्टोरेज प्रयोग
फोन स्लो हुने कारण पत्ता लगाउन तपाईं स्टोरेज प्रयोग पनि जाँच्न सक्नुहुन्छ । केही एप्स डाउनलोड गर्दा त सानो साइजका हुन्छन्, तर प्रयोग पछि तिनको साइज धेरै बढ्छ, जसले फोनको स्टोरेज भरिन्छ र प्रदर्शनमा असर गर्छ । त्यसका लागि सेटिङ्समा गई स्टोरेजमा कुन एप्सले सबैभन्दा धेरै स्टोरेज प्रयोग गरिरहेका छन् भनेर हेर्नुहोस् । यस्ता हेभी एप्सले फोन स्लो बनाउने सम्भावना बढी हुन्छ ।
थर्ड पार्टी एप्स
यसबाहेक, यदि कुनै एप खुल्नमा धेरै समय लिन्छ वा बारम्बार क्र्यास हुन्छ भने, त्यसले पनि फोनको प्रदर्शन घटाउन सक्छ । साथै, तपाईं एन्ड्रोइड फोनमा केही क्लिनर एप्स प्रयोग गरेर पनि ब्याकग्राउण्डमा चलिरहेका एप्सको विश्लेषण गर्न सक्नुहुन्छ र पत्ता लगाउन सक्नुहुन्छ कि कुन एप्स फोन स्लो गरिरहेका छन् ।