काठमाडौं । आजको डिजिटल युगमा भिडियो कन्टेन्ट बनाउनको लागि पारमपरिक फिल्म सेटअप, महँगो क्यामेरा र विस्तृत क्रूको आवश्यकता छैन । तपाईंले मात्र आफ्नो आइडिया र केही टेक्स्ट इनपुट गर्नुभयो भने, विभिन्न एआई टूल्सले त्यसलाई केही सेकेण्डमै आकर्षक भिडियोमा परिणत गर्छन् । यी उपकरणहरूले शर्ट फिल्म, रिल्स, एड भिडियो वा एनिमेसन बनाउन सहज बनाएका छन् ।
माथि उल्लेखित पाँच उत्कृष्ट एआई भिडियो टूल्स: मेटा एआई, गुगल एआई स्टुडियो, इनभिडियो एआई, क्लिङ एआई र रनवे एमएलले नि:शुल्क वा किफायती प्लानमा प्रोफेसनल गुणस्तरको भिडियो सिर्जना गर्ने सुविधा प्रदान गर्छन् ।
अब तपाईं पनि सृजनात्मक आइडियालाई टेक्स्ट प्रम्प्टबाट सरलतम तरिकाले जीवन्त दृश्यमा रूपान्तरण गर्न सक्नुहुनेछ । आज बजारमा थुप्रै यस्ता एआई टूल्स छन् जसले टेक्स्टबाट सिधै भिडियो जनरेट गर्छन् । यी टूल्सबाट तपाईं शर्ट फिल्म, रिल्स, एड भिडियो वा एनिमेसन पनि केही सेकेण्डमै तयार गर्न सक्नुहुन्छ ।
यहाँ छन् शीर्ष ५ एआई भिडियो टूल्स, जो सबैका लागि फ्री वा किफायती छन् र जसले केही सेकेण्डमै प्रोफेसनल भिडियो बनाउँछन् ।
मेटा एआई
मेटाको एआई टूल निकै सरल छ । व्हाट्सएप वा इन्स्टाग्राममा मेटा एआईलाई टेक्स्ट पठाउनुहोस्, यो तपाईंलाई ६ सेकेण्डको एनिमेटेड भिडियो क्लिप बनाइदिन्छ । कुनै अतिरिक्त सफ्टवेयरको आवश्यकता पर्दैन- सिधै च्याटबाट नै भिडियो जेनेरेट हुन्छ । यो टूल पूर्ण रूपमा फ्री छ ।
गुगल एआई स्टुडियो
गुगलको यो प्लेटफर्म वेबमा चल्छ । तपाईंले एक टेक्स्ट प्रम्प्ट दिनुहुन्छ, र एआई त्यसैअनुसार भिडियो तयार पार्छ । यसमा दुईवटा मोडेल छन्, जस्ले फरक फरक आउटपुट दिन्छन् । हाल यो पनि फ्रीमा उपलब्ध छ ।
इनभिडियो एआई
यो टूल विशेष गरी एजुकेशन र प्रेजेन्टेशन भिडियोका लागि उपयोगी छ । तपाईंले केवल स्क्रिप्ट इन्पुट गर्नुहोस्, इनभिडियो एआई आफैंले भिडियो क्लिप्स, म्युजिक, भ्वाइसओभर र सबटाइटल जोडेर रेडीमेड भिडियो तयार पारिदिन्छ ।
क्लिङ एआई
यदि तपाईं भिजुअल डिटेल्समा फोकस गर्नुहुन्छ भने, क्लिङ एआई तपाईंका लागि उत्कृष्ट छ । यसमा तपाईं क्यारेक्टर, ब्याकग्राउन्ड, क्यामेरा एंग्ल जस्ता सेटिङ्स डिफाइन गर्न सक्नुहुन्छ र एआई त्यसैअनुसार भिडियो बनाउन सक्छ । फ्री भर्सनमा यो वॉटरमार्कसहित आउँछ ।
रनवे एमएल
रनवे एउटा यस्तो एआई टूल हो जसले फोटोबाट मूविङ भिडियो क्लिपसम्म बनाउन सक्छ । तपाईं चाहनुभयो भने टेक्स्टबाट फोटो जेनेरेट गरी त्यसलाई एनिमेटेड सीनमा परिवर्तन गर्न सक्नुहुन्छ । फ्री भर्सनमा २५ सेकेण्डसम्मको भिडियो बनाउन पाइन्छ ।
आईसीटी समाचार