कीवर्डहरू -

लाइसेन्सको ट्रायल पास गर्नेलाई अब फोटो र क्युआर कोडसहितको रसिद दिइने

लाइसेन्सको ट्रायल पास गर्नेलाई अब फोटो र क्युआर कोडसहितको रसिद दिइने

सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को ट्रायल पास गर्नेलाई अब सरकारले लाइसेन्स छपाइ नहुँदासम्म कर रसिदै फोटो र क्युआर कोड राख्ने भएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन २०७७ अनुसार डाकेको विषयगत समितिको बैठकले लाइसेन्स छपाइ नहुँदासम्म लाइसेन्स जारी गर्दा वा नवीकरण गर्दा उपलब्ध गराइने राजस्व तिरेको रसिदमै क्युआर कोड र लाइसेन्सबाहकको फोटो राख्ने निर्णय गरेको हो । 

यस अनुसार अब सबै प्रदेशहरूले प्रदेश लाइसेन्सको छपाइ नहुँदासम्म क्यूआर कोड र फोटोसहितको कर रसिद दिने छन् । 

त्यसपछि रसिदमा भएको क्युआर कोड स्क्यान गरेर ट्राफिक प्रहरीले लाइसेन्सको जाँच गर्नेछन् । 

यस बाहेक यातायात व्यवस्था विभागले राष्ट्रिय परिचयपत्रले लाइसेन्सको काम गर्ने गरी समेत काम अगाडि बढाएको छ ।