कीवर्डहरू -

थ्रेड्सका मासिक सक्रिय प्रयोगकर्ता ४० करोड नाघे

थ्रेड्सका मासिक सक्रिय प्रयोगकर्ता ४० करोड नाघे

मेटाको एक्स प्रतिस्पर्धी ‘थ्रेड्स’ले प्रयोगकर्ता संख्या तीव्र गतिमा बढाइरहेको छ । फास्ट कम्पनीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, थ्रेड्सको मासिक सक्रिय प्रयोगकर्ता संख्या अहिले ४० करोड नाघेको छ ।

यसअघि २०२४ को डिसेम्बरमा यो संख्या ३० करोड पुगेको थियो भने २०२४ को अगस्टमा २० करोडको आँकडा पार गरेको थियो । फास्ट कम्पनीले उद्धृत गरेको सिमिलरवेबको तथ्याङ्कअनुसार, मोबाइल प्लेटफर्ममा थ्रेड्सको प्रदर्शन क्रमशः एक्ससँग नजिकिँदै गएको छ ।

२०२५ को जुन महिनामा थ्रेड्सका मोबाइल दैनिक सक्रिय प्रयोगकर्ता संख्या ११५.१ मिलियन पुगेका थिए भने एक्सको १३२ मिलियन थियो । यो तथ्याङ्क थ्रेड्सका लागि अघिल्लो वर्षको तुलनामा १२८ प्रतिशतले वृद्धि भएको हो, भने एक्सका प्रयोगकर्ता भने अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले घटेका छन् ।

मेटाले २०२३ मा थ्रेड्स सार्वजनिक गर्दा मार्क जकरबर्गले यसलाई १ अर्बभन्दा बढी मानिस रहने सार्वजनिक वार्तालापको एप बनाउने लक्ष्य राखेका थिए । पहिलो वर्षको क्रममा प्रयोगकर्ता र सुविधाको क्षेत्रमा अझै धेरै प्रगति गर्नुपर्ने देखिए पनि, २०२५ मा थ्रेड्सले डीएम (डाइरेक्ट मेसेज) सुविधा र बाह्य लिङ्कहरूमा बढी जोडजस्ता महत्वपूर्ण विशेषता थपिसकेको छ । यद्यपि, ती लिङ्कहरूमा प्रयोगकर्ताले कति क्लिक गर्नेछन् भन्ने भने खुला प्रश्न नै रहेको छ ।