कीवर्डहरू -

असुसका तीन वटा गेमिङ ल्यापटप नेपालमा, कति छ मूल्य ?

असुसका तीन वटा गेमिङ ल्यापटप नेपालमा, कति छ मूल्य ?

असुस नेपालले तीन वटा गेमिङ ल्यापटप नेपालमा सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको लबिम मलस्थित नियो गेमिङ स्टोरमा नेपालमै पहिलो पटक ‘असुस एण्ड आरओजी गेमिङ डेज’ आयोजना गर्दै गेमिङ ल्यापटप सार्वजनिक गरेको हो । 

कार्यक्रममा आरओजी स्ट्रिङ्स जी १६, टफ गेमिङ र असुस गेमिङ भी १६ ल्यापटप सार्वजनिक गरिएको थियो । यी ल्यापटपमा एनभीडियाको पछिल्लो आरटीएक्स ५० सिरिज ग्राफिक्स प्रयोग भएको छ । 

कार्यक्रममा होरा ई-स्पोर्ट्सका प्लेयरहरूको समेत उपस्थिति रहेको थियो, जहाँ FC25 गेमिङ टुर्नामेन्टसमेत आयोजना गरिएको थियो ।

यो नेपालको इतिहासमै पहिलो पटक RTX 5000 सिरिज ल्यापटपमा आधारित पीसी गेमिङ प्रतियोगिता भएको बताइएको छ ।

नयाँ उत्पादन लाइनअपमध्ये उच्चस्तरीय गेमिङ तथा क्रियशनका लागि सुरूवाती मूल्य ROG Strix G16 को मूल्य २ लाख ७६ हजार ९९ रूपैयाँ, TUF Gaming F16 को मूल्य २ लाख ३४ हजार ९९९ रूपैयाँ र ASUS Gaming V16 को मूल्य १ लाख ८४ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

यी ल्यापटपहरूमा इन्टेलको नयाँ पुस्ताका प्रोसेसर, डीडीआरफाइभ र्‍याम, एसएसडी, उच्च रिफ्रेस रेट डिस्प्ले र छिटो चार्ज हुने ब्याट्री जस्ता सुविधा दिइएको छ ।