कीवर्डहरू -

भिरिञ्ची कलेजमा तीनदिने आइसिटी मेला सुरू, फायर फाइटिङ रोबोटदेखि स्मार्ट स्टिकसम्म प्रदर्शनीमा

भिरिञ्ची कलेजमा तीनदिने आइसिटी मेला सुरू, फायर फाइटिङ रोबोटदेखि स्मार्ट स्टिकसम्म प्रदर्शनीमा

ललितपुरको कुमारीपाटीस्थित भिरिञ्ची कलेजमा मंसिर २५ गते बिहीबारदेखि आइसिटी मेला ६.० सुरू  भएको छ।

मंसिर २७ गते शनिबारसम्म चल्ने आइसिटी मेलाको छैटौं संस्करणमा नवप्रवर्तन, डिजाइन, रोबोटिक्स, सफ्टवेयर, ई–स्पोर्ट्स तथा इन्टरएक्टिभ प्रविधिसम्बन्धी प्रदर्शनीमा राखिएका छन् । 

एक्सपोमा ब्याचलर तहमा अध्ययनरत विद्यार्थीहरूले विकास गरेका वाटर मोनिटरिङ सिस्टम, हेल्थ मोनिटरिङ सिस्टम, ड्रइङ मेसिन, मेडिसिन डिस्पेन्सर, स्मार्ट स्टिक, स्मार्ट डस्टबिन, फायर फाइटिङ रोबोट, फेस डिटेक्सन, रोबोटिक आर्म, एन्टि थेफ्ट सिस्टम हेर्न सकिने छ । कार्यक्रममा प्रवेश निःशुल्क रहेको छ । 

कार्यक्रमलाई मनोरञ्जनात्मक र आकर्षक बनाउन युआई/युएक्स डिजाइन, रोबो र्याम्प रेस, रोबो सकर, कन्टेन्ट क्रियसन बोनान्जा, स्क्विड गेम र ई–स्पोर्ट्स टुर्नामेन्ट जस्ता प्रतियोगिता सञ्चालन भइरहेको छ । विजेतालाई पुरस्कारको सुविधा समेत रहेको छ ।

त्यस्तै एआर क्याम्पस हन्ट, गूगलर च्यालेन्ज, इन्टर्याक्टिभ आइसिटी जोन, पीयर एण्ड आइसिटी मेन्टर इन्टर्याक्सन बुथ तथा फ्युचर रेडी एण्ड करियर काउन्सिलिङ कर्नर जस्ता इन्टरएक्टिभ जोनहरू मुख्य आकर्षणको रूपमा रहेका छन् ।

आइसिटी मेलाले विद्यार्थीहरूलाई कक्षाभन्दा बाहिर आएर प्रत्यक्ष अनुभव, सहकार्य र डिजिटल प्रविधिसम्बन्धी बुझाइ अभिवृद्धि गर्न सक्ने अवसर प्रदान गर्ने भिरिञ्ची कलेजले जनाएको छ। कलेजका अनुसार, यसले विद्यार्थीलाई डिजिटल प्रविधि अध्ययनसँगै करियर अवसरका संभावनासँग पनि जोड्नेछ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने तीन दिने मेला विभिन्न विद्यालय तथा कलेजले समूहगत रूपमा आइसिटी मेलाको समेत अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको छ । 

भिरिञ्ची कलेजले विद्यार्थीकै परियोजना र क्षमता प्रदर्शनमा जोड दिँदै विगत पाँच वर्षदेखि आइसिटी मेला आयोजना गर्दै आएको छ।