कीवर्डहरू -

युवतीहरूका लागि सुर्खेतमा इमर्जिङ प्रविधि सम्बन्धि तीनदिने कार्यक्रम जारी

युवतीहरूका लागि सुर्खेतमा इमर्जिङ प्रविधि सम्बन्धि तीनदिने कार्यक्रम जारी

नेपाल दूरसञ्चार प्राधिकरण र अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयु) को सहकार्यमा आयोजना भएको इमर्जिङ प्रविधि सम्बन्धि तीनदिने कार्यक्रम सुर्खेतमा जारी रहेको छ । 

इर्जिङ प्रविधिमा युवतीहरूको सीप विकास गर्ने उद्देश्यले बुधबारदेखि कार्यक्रम सञ्चालन भइरहेको छ । 

बुधबारदेखि सुर्खेतको कौशिक इभेन्ट भन्युमा भएको कार्यक्रम शनिबार समापन हुनेछ ।   १८ देखि २४ वर्षसम्मका युवतीहरूका लागि लक्षित गरिएको कार्यक्रमा ७० बढी युवतीहरूको सहभागीता रहेको छ । 

null

३ दिनसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भइरहेको कार्यक्रममा सूचना प्रविधि, एआई, साइबर सेक्युरिटी र आईटी करियरको विषयमा विज्ञहरूले सैद्धान्तिकका साथै प्रयोगात्मक ज्ञान प्रदान गरिरहेका छन् । 

यस कार्यक्रमले नयाँ प्रविधिहरूमा युवतीहरूको सीप विकास गर्न र सहभागीता बढाउन महत्त्वपूर्ण विश्वास खेल्ने आयोजकको विश्वास छ ।

null