कीवर्डहरू -

नाइमा अटो शोमा सार्वजनिक हुँदै यडियाका तीन विद्युतीय स्कुटर

नाइमा अटो शोमा सार्वजनिक हुँदै यडियाका तीन विद्युतीय स्कुटर

नेपालका लागि यडिया ब्रान्डको एक मात्र आधिकारिक वितरक कुजु नेपाल प्रालिले तीनवटा अत्याधुनिक इलेक्ट्रिक स्कुटरहरूको सार्वजनिक तयारी गरिरहेको छ । 

भेलक्स सिरिज अन्तर्गत तयार गरिएका ती मोडेलहरू पहिलोपटक नाइमा अटो शो २०२५ मा औपचारिक रूपमा सार्वजनिक गरिनेछन् । 

शक्ति, प्रदर्शन र प्रयोजनका आधारमा तयार गरिएका यी स्कुटरहरूले नेपाली सवारी प्रयोगकर्ताहरूको लागि नयाँ ढंगको शहरी मोबिलिटी अनुभव दिने विश्वास लिइएको छ।

भेलक्स सिरिज अन्तर्गत सार्वजनिक गरिन लागेका तीन मोडेलहरूमा भेलक्स फास्ट चार्जिङ, भेलक्स यू (Ultra Performance) र भेलक्स एच (High Performance) रहेका छन्। 

तीमध्ये ‘भेलक्स फास्ट चार्जिङ’ व्यस्त जीवनशैली अपनाउने प्रयोगकर्ताहरूका लागि लक्षित गरिएको छ। ७६V ३०Ah LFP ब्याट्री जडित यस स्कुटरले ११० किलोमिटरको रेञ्ज प्रदान गर्दछ।

३२००W मोटरसहित यो स्कुटरले ६२ किलोमिटर प्रतिघण्टा गति र १७२ एनएम टर्क दिन सक्छ। यसको मुख्य विशेषता भनेको मात्र २० मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्न सक्ने क्षमता हो,जसले द्रुत सेवा आवश्यक पर्ने व्यवसायिक प्रयोगकर्तालाई निकै लाभ दिनेछ।

‘भेलक्स यू’ यडियाको प्रमुख र उच्च प्रदर्शन दिने मोडेल हो, जसको अर्थ नै अल्ट्रा परफर्मेन्स हो। यसमा डुअल ७४V २०Ah ब्याट्री प्रणाली जडान गरिएको छ, जसले १४० किलोमिटरसम्मको रेञ्ज प्रदान गर्छ। ४९००W शक्तिशाली मोटर, ८० किलोमिटर प्रतिघण्टा गति र १७६ एनएम टर्कले यो मोडेललाई इलेक्ट्रिक स्कुटरको नयाँ मापदण्ड स्थापन गर्ने मोडल बनाएको छ।

दैनिक यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन लक्ष्य राखिएको यडियाको अर्को मोडेल ‘भेलक्स एच’ हो, जुन उच्च परफर्मेन्सका लागि चिनिन्छ। ७२V ३०Ah ब्याट्री जडान गरिएको यस स्कुटरले १०० किलोमिटरको रेञ्ज दिने क्षमता राख्छ।

यसमा ३२००W मोटर, ६२ किलोमिटर प्रतिघण्टा गति र १७२ एनएम टर्क रहेको छ। मूल्यको हिसाबले पनि यो मोडेल अधिक सुलभ हुने अनुमान गरिएको छ।

नयाँ भेलक्स सिरिजले नेपाली बजारमा विद्युतीय सवारी साधनको प्रयोगलाई व्यापक बनाउने र वातावरणमैत्री प्रविधिको प्रवर्द्धन गर्ने लक्ष्य राखेको यडियाले जनाएको छ ।