मोबाइल फोनमा निरन्तर निर्भरता भएपछि पावर बैंकले पनि हाम्रो जीवनमा प्रवेश पायो। यद्यपि अहिलेका स्मार्टफोनहरूमा तुलनात्मक रूपमा ठूला ब्याट्रीहरु उपलब्ध छन्, पावर बैंकको आवश्यकता भने सकेको छैन।
यात्रा क्रममा त पावर बैंक अति आवश्यक हुन्छ। वर्तमान समयमा अधिकांश स्मार्टफोनमा औसत ५००० एमएएच क्षमताको ब्याट्री हुन्छ, जुन २४ घण्टा निरन्तर साथ दिन सक्दैन। यदि तपाईं पावर बैंक किन्न योजना बनाउँदै हुनुहुन्छ भने यो जानकारी तपाईंका लागि अत्यावश्यक छ। यहाँ हामी तपाईंलाई पावर बैंक किन्दा कुन–कुन कुरामा ध्यान दिनुपर्ने हो भन्ने बताउने छौं।
पावर बैंक किन्दा यसको क्षमता तपाईंको स्मार्टफोनको ब्याट्री क्षमताभन्दा कम्तीमा २.५ गुणा बढी भएको हुनुपर्ने छ। यसले फोनलाई छिटो चार्ज गर्नेछ। साथै पावर बैंकको ब्याट्री पनि लामो समयसम्म टिक्नेछ ।
तपाईंले आफ्नो स्मार्टफोनलाई धेरै पटक चार्ज गर्न सक्नुहुनेछ। पावर बैंक किन्दा त्यसमा कति एमएएच ब्याट्री छ भनेर अवश्यै जाँच गर्नुहोस्। न्यूनतम १०,००० एमएएच क्षमताको पावर बैंक लिनु उत्तम हुन्छ।
यूएसबी चार्जिङ
पावर बैंकको यूएसबी चार्जिङ क्षमता पनि जाँच्नुहोस्। बजारमा रहेका पुराना पावर बैंकहरू केवल आफू सँगै आएको यूएसबी केबलमार्फतै काम गर्छन्। यस्तो पावर बैंकले तपाईंको एन्ड्रोइड फोन चार्ज गर्न झन्झटिलो बनाउने हुनाले यस्ता पावर बैंकहरूबाट बच्नुहोस्।
डिभाइसको संख्या अनुसार पावर बैंक लिने
आजकल कामकाजी व्यक्तिहरूको हातमा एकभन्दा बढी स्मार्टफोन हुन सक्छ। दुवै फोन चार्ज नभई बन्द हुन नदिनका लागि उच्च क्षमताको पावर बैंक किन्नुहोस्। यदि तपाईंको एक मात्रै डिभाइस छ भने कम क्षमताको पावर बैंक पनि उपयुक्त हुन्छ।
आउटपुट भोल्टेज
पावर बैंक प्रयोग गर्दा यसको आउटपुट भोल्टेज तपाईंको फोन चार्जरको आउटपुट भोल्टेजसँग बराबर हुनुपर्छ। यदि बराबर भएन भने फोन चार्ज हुँदैन र फोन चार्जरबाट पावर बैंक पनि चार्ज गर्न सकिँदैन्। अतः पावर बैंकको आउटपुट भोल्टेज हरेकपल्ट जाँच्न नबिर्सनुहोस्।