कीवर्डहरू -

जीमेल अकाउन्ट सुरक्षित राख्न जान्नैपर्ने तीन उपाय

जीमेल अकाउन्ट सुरक्षित राख्न जान्नैपर्ने तीन उपाय

गूगलले जीमेल अकाउन्ट सुरक्षित बनाउनका लागि टु फ्याक्टर अथेन्टिकेसन सुविधा ल्याएको छ । विश्वमा धेरै इमेल पठाउने माध्यमको रूपमा जीमेल प्रयोग हुँदै आएको छ ।

रिपोर्टका अनुसार गुगलको जीमेल अकाउन्टमा हरेक दिन करिब ३३३ अर्ब इमेल पठाइन्छ र प्राप्त हुन्छ । अमेरिकामा जीमेलको बजार हिस्सा ५३ प्रतिशत छ र त्यहाँ १.८ बिलियन सक्रिय प्रयोगकर्ता छन् ।

प्रयोगकर्ताहरूको ठूलो संख्याको कारण, जीमेल प्रायः ह्याकरहरूको लक्ष्यमा हुन्छ । एक गल्तीले तपाईको जीमेल ह्याक हुन सक्छ र पूर्ण पहुँच ह्याकरको हातमा जान सक्छ ।

त्यसकारण आज हामी तपाईलाई जीमेल अकाउन्ट सुरक्षित राख्न सघाउने ३ तरिकाको बारेमा जानकारी दिदैछौं । 

जीमेल सुरक्षित राख्ने पहिलो तरिका

आफ्नो जीमेल सुरक्षित राख्ने पहिलो तरिका बलियो पासवर्ड प्रयोग गर्नु हो । स्ट्रंग पासवर्डको लागि शब्द, संख्या र विशेष क्यारेक्टरहरू प्रयोग गर्नुहोस् । पासवर्डमा मोबाइल नम्बर र आफ्नो नाम कहिल्यै प्रयोग नगर्नुहोस् । बलियो पासवर्डमा १५–२० क्यारेक्टरहरू हुन्छन् । तर पासवर्ड म्यानेजरहरू भने प्रयोग नगर्नुहोस् ।

जीमेल सुरक्षित राख्ने दोस्रो तरिका

टू फ्याक्टर अथेन्टिकेसन जस्तै सेकेण्डरी अथेन्टिकेसन प्रयोग गर्नुहोस् । यसको फाइदा यो हुनेछ कि जब कसैले तपाईको जीमेल अकाउन्टमा लग इन गर्दछ, तपाईको फोन नम्बरमा अथेन्टिकेसनको लागि म्यासेज आउनेछ । प्रमाणीकरणका लागि अथेन्टिकेटर एप, टेक्स्ट म्यासेज, फोन कल, गुगल प्रम्प्ट वा सेक्युरिटी की(हार्डवेयर) जस्ता विधिहरू प्रयोग गर्न सकिन्छ । 

जीमेल सुरक्षित राख्ने तेस्रो तरिका

आफ्नो जीमेल अकाउन्टको सुरक्षा नियमित रूपमा जाँच गरिरहनुहोस् । तपाईं जीमेल अकाउन्टको गोपनीयता र सुरक्षामा गएर गोपनीयता जाँच गर्न सक्नुहुन्छ ।