कीवर्डहरू -

माइडिया ब्रान्डका तीन नयाँ रेफ्रीजेरेटर बजारमा

माइडिया ब्रान्डका तीन नयाँ रेफ्रीजेरेटर बजारमा

माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक किचनको लागि डिजाइन गरिएको तीन नयाँ मोडेलका मिडिया डबल डोर माइडिया रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ।

नेपालमा ग्राहकहरूबाट अत्यधिक माग बढेकाले सोही अनुसार उपलब्ध गराएको कम्पनीको दावी छ ।

२३६, ३३८ र ४१३ लिटर नेट क्षमता भएका रेफ्रिजेरेटर सानादेखि मध्यम आकारका परिवारहरूको आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको छ।

यसमा इन्वर्टर क्वाट्रो प्रविधि, स्मार्ट सेन्सर, एक्टिव(सी फ्रेश प्रविधि, र इलेक्ट्रोनिक कन्ट्रोल समावेश छन्, जसले ऊर्जा दक्षता र स्थिर कूलिङ सुनिश्चित गर्दछ । बिगकू लिङ जोन, विशेष अण्डा ट्रे, ठूली बरफ ट्रे, हाइलाइट (एलईडी लाइटिङ, र २ लिटर डोरर्याक जस्ता सुविधाहरूले भण्डारणमा सहजता थप्छ।

माइडिया ब्रान्डका वासिङ मेसिन, वासर ड्रायर, माइक्रो वेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यानजस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्य क्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ ।