सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद् र नेपाल दूरसञ्चार प्राधिकरणको आयोजना र विकास साझेदार तथा नागरिक संघ, संस्था, सञ्जालको समन्वय र सहयोगमा सुरक्षित इन्टरनेट दिवस २०२५ को अवसरमा वेबिनार सञ्चालन हुने भएको छ ।
‘सुरक्षित इन्टरनेटः सबैका लागि सधैका लागि’ भन्ने नाराका साथ माघ २९ गते मंगलबार बिहान ११ बजेदेखि बजेदेखि १:०० बजेसम्म ‘Keeping Children Safe on Internet: A Webinar on Child Online Protection’ विषयक वेबिनार हुने भएको हो ।
वेबिनारमा बालबालिकाको अनलाइन सुरक्षा तथा सुरक्षित इन्टरनेट सेवा सम्बन्धी जानकारी प्रदान गरिने नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।
वेबिनारमा वक्ताको रूपमा नेपाल दूरसञ्चार प्राधिकरणका विजय कुमार रोय, राष्ट्रिय साइबर सुरक्षा केन्द्रका राजकुमार महर्जन, महान्यायाधिवक्ता कार्यालयकी बिना पोखरेल र साइबर ब्यूरोका उमेश कुमार शाह सहभागी हुनेछन् ।
यदी तपाई पनि वेबिनारमा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ ।