कीवर्डहरू -

टिगको बैंक फिड इन्टिग्रेसन सुविधा: बैंकिङ कारोबार म्यानुअल रूपमा राख्नु पर्ने बाध्यता हट्दै

टिगको बैंक फिड इन्टिग्रेसन सुविधा: बैंकिङ कारोबार म्यानुअल रूपमा राख्नु पर्ने बाध्यता हट्दै

केही समय अगाडिसम्म बैंक खातामा भएको व्यवसायको कारोबार म्यानुअल रूपमा अकाउन्टिङ सफ्टवेयरमा राख्नुपर्थ्यो । सफ्टवेयरले कागजी काम घटाए पनि बैंकसँग प्रत्यक्ष नजोडिएको हुँदा प्रणाली सधैं अपूरो लाग्थ्यो । 

सफ्टवेयरले काममा केही सहजता थप्थ्यो तर हिसाब मिलान भने आफैले एक एक गरेर इन्ट्री गर्नु पर्ने बाध्यता थियो । अब यो बाध्यता हटेको छ । जनवरी २०२५ देखि अकाउन्टिङ सफ्टवेयर टिग बैंक फिड इन्टिग्रेसन सुविधा ल्याएसँगै बैंकिङ कारोबार म्यानुअल रूपमा अकाउन्टिङ सफ्टवेयर सफ्टवेयरमा हाल्नुपर्ने झन्झट अन्त्य भएको छ । 

गत जनवरीमा ग्लोबल आईएमई बैंकसँगको सहकार्यमा टिगले नेपालकै पहिलो एपीआई-आधारित बैंक–टु–अकाउन्टिङ सफ्टवेयर इन्टिग्रेशन सेवा गरेको थियो । अहिले उक्त सुविधा दिनप्रतिदिन लोकप्रिय हुँदैछ । नेपालका १०० भन्दा बढी व्यवसायहरूले यो प्रविधिको प्रयोग गर्न थालिसकेका छन् । 

टिगको बैंक फिड इन्टिग्रेसन सुविधाले व्यवसायहरूलाई बैंकको रियलटाइम डेटा सफ्टवेयरमा ल्याउने सुविधा दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश केसीले जानकारी दिए । 

यसले हिसाब मिलान, वित्तीय विश्लेषण र निर्णय प्रक्रियालाई एकदम सरल र तत्काल बनाइदिएको उनको भनाइ छ । टिग र ग्लोबल आईएमई बैंकले मिलेर ल्याएको प्रत्यक्ष बैंक एकीकरण प्रणालीले लेखा प्रक्रियामा एउटा नयाँ क्रान्ति नै ल्याएको छ भन्दा फरक पर्दैन् ।

ग्लोबल आईएमई बैंकमा खाता हुने व्यवसायहरूले सिधैं टिगमा कारोबारको डेटा रियल टाइममा हेर्न सक्छन् । बैंक फिड इन्टिग्रेसन सुविधाले म्यानुअल इन्ट्री आवश्यक नपर्ने भएकाले त्रुटि घटेको र व्यवसायी तथा लेखा टोलीहरूमा आत्मविश्वास बढेको बताइएको छ । 

अन्य बैंकहरू अझै पनि हिचकिचाइरहेका बेला ग्लोबल आईएमई बैंकले ओपन बैंकिङ प्रविधिमा अघि बढाएको कदम आफैमा प्रशंशनीय छ । साना तथा मझौला (एसएमई) व्यवसायको एउटै गन्तव्य बन्ने उद्देश्यले टिगले काम गरिरहेको छ । प्रविधिलाई उपयोग गर्दै एसएमईहरूलाई सहज, छिटो र भरपर्दो सुविधा दिने टिगको लक्ष्य छ । 

टिगले भविष्यको लेखा प्रणालीलाई डिजिटल मात्र नभएर ‘कनेक्टेड’ बनाउने सोच राखेको केसी बताउँछन् । ‘ग्लोबल आईएमई बैंकबाट सुरू भएको यो सुविधा आगामी दिनमा थप बैंकहरूसँग साझेदारी गर्ने योजना छ,’ उनले भने,  ‘अब हामीले स्वचालित मिलान सुझाव, प्रत्यक्ष ट्रान्ज्याक्सन ट्र्याकिङ, कर्पोरेट बैंकिङसँग एकीकरण, स्मार्ट क्यासफ्लो पूर्वानुमानजस्ता विशेषताहरू ल्याउने तयारी पनि गरिरहेका छौं