कीवर्डहरू -

टिकटकले ‘एआई अलाइभ’ फिचर, फोटोलाई भिडियोमा रूपान्तरण गर्न सकिने

टिकटकले ‘एआई अलाइभ’ फिचर, फोटोलाई भिडियोमा रूपान्तरण गर्न सकिने

टिकटकले ‘एआई अलाइभ’ नामक नयाँ एआई फिचर सार्वजनिक गरेको छ । यस फिचरबाट टिकटक स्टोरिजमा नै स्थिर तस्वीरलाई चलायमान, जीवन्त भिडियोमा रूपान्तरण गर्न सकिने छ ।

 यो फिचर अहिले टिकटकको स्टोरिज क्यामेरा फिचरमा मात्र उपलब्ध छ । यसबाट फोटोलाई सिनेमाटिक भिडियोमा रूपान्तरण गर्न, समूह सेल्फीलाई एनिमेटेड स्मृतिमा बदल्न सक्छ ।

सामान्य तस्बिरहरूलाई पनि असाधारण बनाउन सक्ने सम्भावना एआई अलाइभले दिन्छ । अपलोड गरिएको तस्बिर, लेखिएको प्रम्प्ट, र एआई अलाइभ भिडियो टिकटकको मोडरेशन टेक्नोलोजी द्वारा समीक्षा पनि गरिने छ । 

कसरी प्रयोग गर्ने ? 

यसका लागि सुरूमा स्टोरी क्यामेरा खोल्नुहोस् । इनबक्स पेज वा प्रोफाइल पेजको शीर्षमा रहेको ‌निलो “+” थिच्नुहोस् ।

अब स्टोरी एलबमबाट एउटा फोटो चयन गर्नुहोस् ।

एआई अलाइन आइकन फोटो सम्पादन पृष्ठको दायाँपट्टि टूलबारमा देखिन्छ ।

स्टोरी बनाइसकेपछि, तपाईंको फर यु, फ्लोइङ र प्रोफाइल पेजमा देखिने छ ।