कीवर्डहरू -

नेपालमा चल्न थाल्यो टिकटक

नेपालमा चल्न थाल्यो टिकटक

नेपालमा टिकटक चल्न थालेको छ । यसअघि भदौ ६ गते बसेको बसेको मन्त्रिपरिषद बैठकले टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेपनि टिकटक चल्न सकेको थिएन । 

तर शुक्रबारदेखि टिकटक चल्न थालेको हो । शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ ।  

पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा र साक्षरताका लागि काम गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तर बनाउन सहयोग गर्नुपर्ने तथा सामाजिक सद्भाव खलल पार्ने कन्टेन्ट फिल्टर गर्ने शर्तसहित टिकटकमाथिको प्रतिबन्ध खुलेको हो । 

शर्त मान्न टिकटक तयार भएपछि मन्त्रालयले प्राधिकरणलाई टिकटकमाथिको रोक हटाउन पत्र पठाएको थियो । त्यसपछि शुक्रबार प्राधिकरणले सबै सेवा प्रदायकलाई रोक हटाउन निर्देशन दिएको हो । अब नेपालमा औपचारिक रूपमै टिकटक खुलेको छ । 

यसअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते मन्त्रीपरिषद्बाट निर्णय गर्दै नेपालमा टिकटक बन्द गरेको थियो । 

null