एआई कम्युनिकेसन प्लेटफर्म टिङटिङ डिजिटल नेपाल कन्क्लेभ २०२५ सँग सहकार्य गरेको छ । डिजिटल नेपाल कन्क्लेभ २०२५ मा अब टिङटिङ कम्युनिकेसन पार्टनरको रूपमा रहने छ ।
डिजिटल इकोसिस्टम प्रवर्द्धनमा केन्द्रित डिजिटल नेपाल कन्क्लेभसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको टिङटिङका चिफ बिजनेस अफिसर सोजन प्रजापतिले जानकारी दिए ।
यही साउन ३० गते आइसिटी फाउन्डेसन नेपालले डिजिटल नेपाल कन्क्लेभको चौथो संस्करण आयोजना गर्दैछ, जहाँ सरकार, निजी क्षेत्र, उद्यमी, अनुसन्धानकर्ता र अन्तर्राष्ट्रिय व्यक्तिहरूलाई एउटै मञ्चमा आउने छन् । यस पटक ‘डिजिटल सिनर्जीः ट्रान्सफर्मिङ गभर्नेन्स, इकोनोमी एण्ड सोसाइटी’ थिममा बहस र छलफल हुनेछ ।
टिङटिङले फोन गर्ने पूरानो तरिकालाई एआई प्रविधिबाट रूपान्तरण गर्न खोजिरहेको छ । यसबाट एकदिनमा १० लाखलाई फोन गर्न सकिन्छ, त्यो पनि नेपाली भाषामै ।
टिङटिङले बैंक, वित्तीय संस्था, दूरसञ्चार कम्पनी, इन्टरनेट सेवा प्रदायक, सरकारी निकाय, बीमा कम्पनी लगायतको ग्राहक सेवालाई थप छिटोम, छरितो र भरपर्दो बनाउन सहयोग गर्ने बताइएको छ ।
डिजिटल नेपाल कन्क्लेभमा यस पटक ८ बढी सेसनमा ५० बढी वक्ता, २५ बढी आईडिया र शोधपत्र प्रस्तुती तथा ६०० बढीको सहभागीता हुनेछ । कार्यक्रम बारे थप जानकारी लिन र टिकट काट्नका लागि digitalconclave.org मा जानुहोस् ।