कीवर्डहरू -

नेपाल संवतमा मिति रूपान्तरण गर्न सकिने ‘तिथिमिति डट कम’

नेपाल संवतमा मिति रूपान्तरण गर्न सकिने ‘तिथिमिति डट कम’

राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र आईटी कम्पनी स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवत्‌को तिथिमिति डट कम सफ्टवेयर र नेपाल संवत् मोबाइल एप सरकारलाई हस्तान्तरण गरिएको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ‘तिथिमिति डट कम’ सफ्टवेयर र ‘नेपाल संवत् मोबाइल एप’ हस्तान्तरण गरिएको हो । 

सफ्टवेयरले नेपाल संवत्‌को गणना जटिल ठानिएकोमा अब सहज प्रधानमन्त्रीको विश्वास छ । अब एपलाई कार्यान्वयनमा लैजाने प्रधानमन्त्रीले बताएका थिए । 

उक्त सफ्टवेयरमार्फत विश्वको जुनसुकै स्थानबाट नेपाल संवत्, विक्रम संवत् र इस्वी संवत् प्रयोग गर्न सकिने छ । यसलाई ल्यापटप र डेस्कटपमा पनि डाउनलोड गरेर अफलाइनमा पनि प्रयोग गर्न सकिने छ । 

यति मात्रै नभएर यसबाट नेपाल संवतसँगै विक्रम संवत् र इस्वी संवतको सयौँ वर्ष अगाडि र पछाडि गएर बार, गते, वर्ष एवं तिथि हेर्न सकिने छ ।