कीवर्डहरू -

प्रविधि पत्रकार मञ्चको ११औं वार्षिक साधारणसभा सम्पन्न

प्रविधि पत्रकार मञ्चको ११औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं। प्रविधि पत्रकार मञ्च (टीजेएफ) को ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाले शनिबार काठमाडौंमा साधारसभा सम्पन्न गरेको हो ।

टीजेएफका अध्यक्ष उमेश पौडेलले संस्थाले विगत एक वर्षमा संस्थाले सदस्यहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न काम गरेको बताए ।

यसका साथै थप तालिम कार्यक्रमहरू, अनुसन्धान परियोजनाहरू, र अन्तर्राष्ट्रिय स्तरमा प्रविधि पत्रकारहरूसँग साझेदारी गर्ने प्रयासमा रहेको उनको भनाइ छ ।

नेपाल सरकारका निकाय तथा अन्य संघ संस्थाहरुसँग पनि सहकार्यका लागि हामी निरन्तर लागि पर्ने उनले बताए ।

उनले आगामी दिनमा संस्थाले अझैं थप कार्यक्रम गर्दै सूचना प्रविधि र यस क्षेत्रमा सक्रिय सञ्चारकर्मीको क्षमता अभवृद्धिमा काम गर्ने बताए ।

संस्थाका पूर्व अध्यक्ष सरु ढकालले संस्था ११ वर्ष पुगेको अवसरमा यसमा आवद्ध र योगदान गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन् । उनले प्रविधि जसरी अगाडि बढ्छ त्यसरी नै संस्था र आफूहरु पनि अघि बढ्दै जानुपर्ने बताइन्। उनले संस्थाको युनिटीलाई कायम राख्दै अघि बढ्न आग्रह गरिन् ।

संस्थाका पूर्व अध्यक्ष विश्वास रेग्मीले संस्था चलाउने कुरा जटिल भएको बताउँदै संस्थाका सदस्यको क्षमता अभिवृद्धि प्राथमिकतामा हुनुपर्ने बताए । 

यस क्षेत्रमा काम गर्ने सदस्यहरुको आवश्यकता अनुसार प्रभाव पार्ने तालिम प्रदान गरेर अघि बढ्नु पर्ने उनको भनाइ छ । आगामी दिनमा पनि यसरी अघि बढ्नु पर्ने बताउँदै उनले संस्था ११ वर्ष पुगेको अवसरमा सबैलाई शुकामना व्यक्त गरे ।

संस्थाका संस्थाक अध्यक्ष रमेश श्रेष्ठले विगत ११ वर्षमा व्यापक परिवर्तन भएको र त्यसका संवाहक सञ्चारकर्मी पनि भएको बताए । उनले प्रविधि क्षेत्रमा कलम चलाउनु नै सबैभन्दा महत्वपूर्ण भएको बताए ।

उनले अब सूचना प्रविधि क्षेत्रको विस्तार निकै धेरै भएको बताउँदै यस क्षेत्रका सेवा प्रदायक, त्यसको असर, प्रभावलगायत फराकिलो तरिकाले हेर्नु पर्ने बताए । यसका लागि उनले यसकालागि सरकारी, निजी तथा अन्तर्राष्ट्रिय क्षेत्र सँग समन्वय गर्ने सकिने बताए।

उनले दूरसञ्चार क्षेत्रको नीति र कानुन यस्तै रहने हो भने अबको ६/७ वर्षमा यो क्षेत्र संकटमा पर्ने अवस्था रहेको बताए । अहिलेकै अवस्थामा त्यो संकेत स्पष्ट रूपमा देखिएको बताए।

यस्तै संस्थाका निवर्तमान अध्यक्ष गोपाल साउदले संस्थाको उदेश्य र औचित्य के हो भनेर साबित गर्ने तरिकाले काम गर्न जरुरी रहेको बताए । 

उनले हरेक सरकारी र निजी क्षेत्रसँग प्रविधि पूर्ण रूपले जोडिएको बताउँदै यी विषय आमनागरिक सँग पुर्याउन संस्थाले सहकार्य र समन्वय गरी अघि बढ्नु पर्ने बताए।

सन् २०१४ मा स्थापित टीजेएफ सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा कलम चलाउने दर्जनौं सञ्चारकर्मीको छाता संस्था हो ।

संस्थाले यस क्षेत्रमा कलम चलाउने  सञ्चारकर्मीको क्षमता अभिवृद्धिमा काम गर्दै आएको छ।

टीजेएफले प्रविधि एवम नवप्रवर्तन क्षेत्रको विकास एवम् प्रवद्र्धनमा मद्दत गर्दै गर्ने लक्ष्यसमेत राखेको छ ।