'कमाइको राजा' भनेर परिचित टिएमवानले नेपालभरिका विभिन्न साना तथा मझौला व्यवसायहरूमा १०० भन्दा बढी युनिटहरू सफलतापूर्वक सञ्चालनमा ल्याएको छ।
नेपाली व्यवसायीहरूबीच टिएमवानको बढ्दो लोकप्रियता र विश्वास झल्काउने बताइएको छ । टिएमवान आजको दिनमा नेपालमा आफ्नै व्यवसायिक यात्रा सुरु गर्ने चाहना राख्नेहरूका लागि पहिलो रोजाइको सवारी बनेको छ ।
चाहे ताजा तरकारी बजारमा पुर्याउन होस् वा पानी, दूध, ग्यास सिलिन्डर जस्ता दैनिक उपभोग्य सामान वितरण गर्न होस्, टिएमवानको भरपर्दो प्रदर्शन, उच्च दक्षता र नेपाली आवश्यकता अनुसारको डिजाइनमार्फत आफूलाई एक सक्षम व्यवसायिक सवारीको रूपमा प्रमाणित गरेको छ ।
व्यवसायीलाई आफ्ना आवश्यकता अनुसार छनोट गर्न सहज बनाउने गरी टिएमवानका दुई फरक साइजका लोडिङ डेक (८ फिट र १० फिट) मा उपलब्ध छ ।
विश्वकै नम्बर वान सीएटीएल ब्याट्रीबाट सञ्चालित यस इलेक्ट्रिक सवारीले २८० किमी NEDC रेन्ज प्रदान गर्छ, जसले गर्दा यो शहरी डेलिभरीका लागि विशेष उपयुक्त मानिन्छ। एमएडब्लू वृद्धिको भरपर्दो सर्भिसका कारण टिएमवानले कम मर्मत खर्चमै अत्यधिक फाइदा दिने सवारीको रूपमा निरन्तर आफूलाई प्रमाणित गरिरहेको छ।