कीवर्डहरू -

विन्डोज कोपाइलटमा नयाँ फिचर आउँदै, स्क्रिनशट अपलोड गर्न र त्यसबारे सोध्न मिल्ने

विन्डोज कोपाइलटमा नयाँ फिचर आउँदै, स्क्रिनशट अपलोड गर्न र त्यसबारे सोध्न मिल्ने
Image Courtesy: WindowsLatest.com

माइक्रोसफ्टले विन्डोज ११ कोपाइलटमा स्क्रिनशटका लागि नयाँ फिचर थप गर्ने भएको छ । माइक्रोसफ्टले यो फिचरको नाम ‘एड अ स्क्रिनशट’ दिएको छ ।

एड अ स्क्रिनशट फिचर रोलआउट हुन सुरू भएको छ । तर बसैलाई उपलब्ध हुन केही समय लाग्ने छ । 

कोपाइलट प्यानमा रहेको ‘एड अ स्क्रिनशट’ फिचरले तपाईलाई स्क्रिन क्याप्चर गर्न र सिधैं कोपाइलट वा बिङ प्यानलमा अपलोड गर्ने सुविधा दिनेछ । 

यदी तपाईले स्क्रिनशट अपलोड गर्नुभयो भने स्क्रिनशट सम्बन्धि आवश्यक प्रश्न सोध्न सक्नुहुनेछ ।