कीवर्डहरू -

आजदेखि राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता लागु हुँदै, सामाजिक सञ्जालमा के के गर्न पाइदैन् ?

आजदेखि राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता लागु हुँदै, सामाजिक सञ्जालमा के के गर्न पाइदैन् ?

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता मंगलबार मध्यरातदेखि लागू हुँदैछ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्न लागेको हो ।

माघ २ गतेदेखि माघ १२ गते निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिताको दफा १ मा उल्लिखित सबै व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ ।

आचारसंहिता अनुसार सामाजिक सञ्‍जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन पाइने छैन् । 

यसका साथै २०८० माघ ८ गते रातको १२ बजेदेखि निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्‍जाल, अनलाईन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने आयोगले जनाएको छ ।