कीवर्डहरू -

यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ स्टार्टअप

यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ स्टार्टअप

आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ स्टार्टअप छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कष्ट १० स्टार्टअपबाट उत्कृष्ट ५ घोषणा गरिएको हो । 

अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट ५ स्टार्टअप छनोट गरी अहिले सर्वोत्कृष्टका लागि पब्लिक भोटिङ सञ्चालन भइरहेको छ ।

आफुलाई मन परेको उत्कष्ट ५ स्टार्टअप मध्येबाट एउटा स्टार्टअपलाई हाम्रो पात्रो भित्र रहेको हाम्रो पे सेक्सनमा गएर भोटिङ गर्न सकिने छ ।

स्टार्टअप आइसिटी अवार्ड आईटी प्रडक्ट, सर्भिसेस तथा इन्नोभेसनको क्षेत्रमा काम गरिरहेका स्टार्टअप कम्पनीलाई प्रोत्साहन र प्रवर्द्धन गर्न प्रदान गरिन्छ ।

यस विधामा विगत ५ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट स्टार्टअप

बसियो सर्भिसेस प्रालि 

सन् २०२४ मा स्थापना भएको स्टार्टअप हो, बसियो सर्भिसेस प्रालि । नेपालको पहिलो होलिडे रेन्टल प्लेटफर्म बसियो सञ्चालन गर्दै आएको कम्पनीले स्थानीय प्रपटी ओनर र पर्यटकलाई जोड्दै आएको छ । बसियोबाट सजिलै होमस्टे, लज, घर, अपार्टमेन्ट, होटल, रिसोर्ट, होस्टेल बुकिङ गर्न सकिन्छ । ललितपुरको मानभवनमा कार्यालय रहेको बसियो सर्भिसेसमा १९ जनाले रोजगारी पाएका छन् । 

क्रिम्सन टेक प्रालि

कम्प्युटर भिजन, एआई, मेसिन लर्निङ, अटोमेसन, सफ्टवेयर डेभलपमेन्ट, डिजाइन, आईओटी लगायतका सेवा प्रदान गर्दै आएको आईटी कम्पनी हो, क्रिम्सन टेक । 
सन् २०२२ मा स्थापना भएको कम्पनीले बनाएका प्रडक्टहरू नेपालसहित भारतका विभिन्न निर्माण उद्योगमा प्रयोग भइरहेका छन् । ललितपुरमा कार्यालय रहेको क्रिम्सन टेकमा १५ जनाले रोजगारी पाएका छन् ।

फ्यान्टासी गेम्स प्रालि

सन् २०२२ मा स्थापना भएको फ्यान्टासी गेम्सले नेपालकै पहिलो फ्यान्टासी गेम प्लेटफर्म ‘टिम इलेभेन’ विकास गरेको छ । टिम व्यवस्थापन, लाइभ स्कोर ट्रयाकिङ, क्रेडिट पोइन्ट, बोनस लगायतको सुविधा रहेको टिम इलेभेन एपबाटै क्रिकेट र फुटबलको मज्जा लिन सकिन्छ । भक्तपुरको राधे राधेमा कार्यालय रहेको फ्यान्टारी गेम्समा १२ जनाले रोजगारी पाएका छन् ।  

जियोभेसन नेपाल प्रालि 

ड्रोनमार्फत सर्वेक्षण र म्यापिङ सेवा प्रदान गर्दै आएको स्टार्टअप हो, जियोभेसन नेपाल । सन् २०२१ मा स्थापना भएको जियोभेसन नेपालले सर्वेक्षण र म्यापिङका साथै ड्रोनमा आधारित एरियल म्यापिङ, डाटा संकलन, विश्लेषण, इन्जिनियरिङ परामर्श, जियोस्पाटियल टेक्नोलोजी लगायतका सेवा प्रदान गर्दै आएको छ । काठमाडौंको गौरीघाटमा रहेको कार्यालय रहेको कम्पनीमा १० जनाले रोजगारी पाएका छन् ।  

हेल्थ याद आयो प्रालि

सन् २०२३ मा स्थापना भएको हेल्थटेक स्टार्टअप हो, हेल्थ याद आयो प्रालि । यसले मोबाइल एपको माध्यमबाट डाक्टर अपोइन्टमेन्ट, टेलिमेडिसिन, औषधी डेलिभरी, ल्याब टेस्टिङ, मेडिकल ट्राभल एसिस्टेन्स, स्वास्थ्य शिविर लगायतका सेवा प्रदान गर्दै आएको छ । कोपुण्डोलमा कार्यालयमा रहेको हेल्थ याद आयोमा ९ जनाले रोजगारी पाएका छन् ।