नोभेम्बर महिना टेक्नोलोजी प्रेमीहरूका लागि निकै विशेष रहनेछ। यो महिनामा वानप्लस, नथिङ, ओप्पो, रियलमी र आईक्यू जस्ता प्रमुख कम्पनीहरूले आफ्ना नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्न लागेका छन्। यी मध्ये कतिपय फ्ल्यागशिप डिभाइस हुनेछन् भने कतिपय मिड-रेंज सेग्मेन्टका स्मार्टफोनहरू हुनेछन्। आउनुहोस्, यस महिनामा आउने टप ५ स्मार्टफोनहरूबारे विस्तृत रूपमा जानीऔं।
नथिङ फोन (३ए) लाइट
लन्डनस्थित टेक कम्पनी नथिङले भर्खरै आफ्नो पहिलो बजेट फोन फोन (३ए) लाइट सार्वजनिक गर्यो। फोनमा एलुमिनियम फ्रेमसहित ग्लास र म्याट फिनिशको डिजाइन छ, जुन ब्ल्याक र ह्वाइट दुवै रङमा उपलब्ध हुनेछ। यस फोनमा ६.७७ इन्चको एमओएलईडी डिस्प्ले छ र रिफ्रेश रेट १२० हेर्ट्ज छ। योमा मिडियाटेकको डायमेन्सिटी ७३०० प्रो प्रोसेसर छ,साथै ८ जीबी र्याम र नथिङ ओएस ३.५ (एन्ड्रोइड १५ आधारित) प्रदान गरिएको छ। फोनमा ५,००० एमएएच ब्याट्री छ जसले ३३ डब्ल्यू फास्ट चार्जिङ र ५ डब्ल्यू रिभर्स चार्जिङ समर्थन गर्छ। पछाडि एकल ग्लिफ लाइट छ जुन नोटिफिकेशन र क्यामेरा टाइमर दुवैको रूपमा काम गर्छ। यो फोन मिड-रेंज मार्केटमा बलियो दावीदार मानिन्छ।
वानप्लस १५
वानप्लसको नयाँ फ्ल्यागशिप स्मार्टफोन वनप्लस १५, १५ नोभेम्बरमा लन्च हुनेछ। यसपटक कम्पनीले डिजाइनमा ठूलो परिवर्तन गरेको छ , क्यामेरा मोड्युल अब गोलो नभई स्क्वायर आकारमा रहनेछ। फोनमा ६.७८ इन्च एलटीपीओ एमओएलईडी डिस्प्ले हुनेछ जसको रिफ्रेश रेट १६५ हेर्ट्ज हुनेछ। यसमा स्न्यापड्र्यागन ८ इलीट जेन ५ प्रोसेसर समावेश छ। क्यामेरा सेटअपमा ५० एमपी + ५० एमपी + ५० एमपी ट्रिपल क्यामेरा रहनेछ। फोनमा अक्सिजन ओएस १६ (एन्ड्रोइड १६ आधारित) मिल्छ। ब्याट्री ७,३०० एमएएच को हुनेछ जसमा १२० डब्ल्यू फास्ट चार्जिङ र ५० डब्ल्यू वायरलेस चार्जिङ समर्थन हुनेछ।
आईक्यू १५
भिभोको सब-ब्रान्ड आईक्यू १५ २६ नोभेम्बर मा लन्च हुने तयारीमा छ। यो फोन पनि स्न्यापड्र्यागन ८ इलीट जेन ५ चिपसेटसहित आउनेछ। फोनमा ६.८५ इन्च एलटीपीओ एमओएलईडी डिस्प्ले हुनेछ जसको रिफ्रेश रेट १४४ हेर्ट्ज हुन सक्छ। क्यामेरामा ५० एमपी ट्रिपल क्यामेरा सेटअप (मुख्य, अल्ट्रा-वाईड, टेलिफोटो) रहनेछ। फोनले ओरिजिन ओएस (एन्ड्रोइड १६ आधारित) प्रयोगकर्ता इन्टरफेस दिनेछ।
रियलमी जीटी ८ प्रो
रियलमी पनि आफ्नो नयाँ फ्ल्यागशिप जीटी ८ प्रो भारतमा ल्याउने तयारीमा छ। यस फोनमा ६.७९ इन्च एलटीपीओ एमओएलईडी डिस्प्ले हुनेछ र रिफ्रेश रेट १४४ हेर्ट्ज हुनेछ। फोनमा स्न्यापड्र्यागन ८ इलीट जेन ५ प्रोसेसर हुनेछ र १६ जीबी र्याम र १ टीबी सम्मको स्टोरेज विकल्प उपलब्ध हुन सक्नेछ। क्यामेरामा ५० एमपी (रिको सेन्सर) + ५० एमपी (अल्ट्रा-वाईड) + २०० एमपी (टेलिफोटो) जस्ता सेन्सरहरु रहनेछन्। साथै रियलमी यूआई (एन्ड्रोइड १६ आधारित) को ओएस हुनेछ।
ओप्पो फाइन्ड X९ प्रो
ओप्पो पनि नोभेम्बरमा आफ्नो प्रिमियम फोन फाइन्ड X९ प्रो लन्च गर्न लागिरहेको छ। यस फोनमा ६.७८ इन्च एलटीपीओ एमओएलईडी डिस्प्ले हुनेछ जुन १२० हेर्ट्ज रिफ्रेश रेटको हुनेछ। यसमा मिडियाटेक डायमेन्सिटी ९५०० प्रोसेसर हुनेछ र १६ जीबी सम्म र्याम तथा १ टीबी सम्म स्टोरेज प्रदान हुन सक्छ। क्यामेरामा ५० एमपी + ५० एमपी + २०० एमपी (ट्रिपल क्यामेरा सेटअप) रहनेछ। फोनमा कलर ओएस १६ (एन्ड्रोइड १६ आधारित) को समर्थन रहनेछ।
नोभेम्बर महिना स्मार्टफोन बजारका लागि अत्यन्त रोमाञ्चक रहनेछ। जहाँ वनप्लस १५ र आईक्यू १५ ले फ्ल्यागशिप सेग्मेन्टमा प्रतिस्पर्धा बढाउनेछन्, त्यहीँ नथिङ फोन (३ए) लाइट र रियलमी जीटी ८ प्रो मिड-रेंज प्रयोगकर्ताहरूका लागि उत्कृष्ट विकल्प हुनसक्छन्। ओप्पो फाइन्ड X९ प्रो प्रिमियम सेग्मेन्टमा नयाँ बेन्चमार्क सेट गर्न सक्षम हुनसक्छ।
आईसीटी समाचार