कीवर्डहरू -

वेब डेभलपर बन्न कुन कुन प्रोग्रामिङ भाषा सिक्नु पर्छ ?

वेब डेभलपर बन्न कुन कुन प्रोग्रामिङ भाषा सिक्नु पर्छ ?

आजको समयमा, वेब डेभलपमेन्ट इन्टरनेटको एक महत्त्वपूर्ण भाग भएको छ । किनभने वेबसाइट बिना तपाईं इन्टरनेटको राम्रोसँग फाइदा लिन सक्नुहुन्न् । तपाईं इन्टरनेटमा सबै जानकारी वेबसाइटमार्फत मात्र प्राप्त गर्नुहुन्छ ।

 वेब विकास भएकै कारण हामी वेबसाइट प्रयोग गर्न सक्षम छौं । आजको समयमा इन्टरनेट जति छिटो बढिरहेको छ, वेब विकास पनि त्यही गतिमा बढिरहेको छ ।

पछिल्लो समय नेपालमा पनि व्यवसायीक र व्यक्तिगत वेबसाइट बनाउने चलन बढ्दै गएको छ । भविष्यमा बढ्ने झन निश्चित छ । वेब डेभलपमेन्ट तपाईंको लागि धेरै उपयोगी सीप हुन सक्छ । तपाईंले यसलाई क्यारियर विकल्पको रूपमा रोज्न सक्नुहुन्छ । 

वेब डेभलपमेन्ट के हो ?

वेब डेभलपमेन्ट एक सीप हो, जसको माध्यमबाट तपाईं वेबसाइट बनाउन सक्नुहुन्छ । वेबसाइट बनाउनका लागि वेब डेभलपर र वेब डिजाइनर वेब डेभलपमेन्टका महत्त्वपूर्ण भाग हुन् ।

वेब डेभलपमेन्टभित्र वेबसाइट बनाउने, व्यवस्थापन गर्ने कुरा पर्द्छन्, जुन वेब वा ब्राउजरमा चल्ने सक्छ ।  

वेब डेभलपर के हो ?

वेब डेभलपर वेब डेभलपमेन्टको एक भाग हो । वेब डेभलपरको मुख्य काम पिएचपी, जाभा स्क्रीप्ट र एसपी जस्ता भाषा प्रयोग गरेर वेबसाइटको स्क्रिप्ट लेख्नका साथै वेबसाइटले प्रयोग गर्ने डाटाबेसलाई मर्मत तथा अपडेट गर्नु हो । 

सरल शब्दमा भन्नुपर्दा, वेब डेभलपरले कोडिङ भाषाको सहायताले वेबसाइटको रूपरेखा तयार गर्नुका साथै वेबसाइट डिजाइन र अपडेट पनि गर्ने गर्छन् ।

null

वेब डेभलपमेन्टका प्रकार

१. फ्रन्टेड वेब डेभलपर

जब हामी इन्टरनेटमा वेबसाइट खोल्छौं, हामीले वेबसाइटमा देख्ने पहिलो कुरा फ्रन्टेड वेब डेभलपरको काम हो । उदाहरणका लागी – जब तपाई हाम्रो वेबसाइट खोल्नुहुन्छ, तपाईले देख्नु भएको पहिलो कुरा फ्रन्टेड वेब डेभलपरको काम हो ।

फ्रन्टेड वेब विकासकर्ता बन्नको लागि, तपाईंले एचटीएमएल, सिएसएस र जाभा  स्क्रीप्ट जस्ता कोडिङ भाषाहरू जान्नु पर्छ । 

२. ब्याकएन्ड वेब डेभलपर

ब्याकएन्ड वेब विकासकर्ताले वेबसाइटको सर्भर साइड र डाटाबेसमा काम गर्दछन् । ताकि वेबसाइटले राम्रोसँग काम गर्न सकोस् ।

हामीले वेबसाइटमा ब्याकएन्ड डेभलपरको काम देख्न सक्दैनौं । किनभने यसमा वेबसाइटको पूर्ण कोडिङ हुन्छ, जसको माध्यमबाट वेबसाइट चलाउन सकिन्छ र यसले वेबसाइटको डाटाबेस व्यवस्थापन गर्ने काम पनि गर्दछ ।

३. फूल स्ट्याक डेभलपर

फूल स्ट्याक डेभलपरले फ्रन्टइन्ड र ब्याकइन्डको काम गर्दछन् । एक फूल स्ट्याक डेभलपरले वेबसाइटको बग र कोडिङ समस्या पहिचान गर्ने र समाधान गर्ने काम पनि गर्दछन् । ताकि प्रयोगकर्ताहरूले वेबसाइट चलाउन कुनै पनि प्रकारको समस्याको सामना गर्नु नपरोस् । 

वेब डिजाइनर के हो ? 

वेब डिजाइनर पनि वेब डेभलपमेन्टको एक भाग हो तर यसको मुख्य कार्य वेबसाइट डिजाइन गर्नु हो । अर्को शब्दमा वेब डिजाइनरले वेबसाइटको लेआउट, रंग, टेक्सट शैली र सामग्रीलाई व्यवस्थित गर्ने काम गर्दछन् ।

वेब विकासका लागि आवश्यक कोडिङ भाषाहरू (वेब विकास भाषा)

वेब विकास गर्नका लागि, तपाईलाई केही कोडिङ भाषाहरू जान्नु धेरै महत्त्वपूर्ण छ । तपाईले कोडिङ भाषाहरू बिना वेब विकास गर्न सक्नुहुन्न् । वेबसाइट विकासका लागि आवश्यक पर्ने भाषा यस प्रकार छन् । 

 एचटीएमएल 

एचटीएमएल वेब विकासको आधारभूत भाषा हो, यसको पूरा नाम हाइपरटेक्स्ट मार्कअप लैंग्वेज हो । यो सिएसएस, जाभा स्क्रीप्ट र पिएचपी जस्ता अन्य भाषाहरूको तुलनामा धेरै सजिलो भाषा हो । यी भाषाहरू मुख्यतया वेब डेभलपमेन्टको लागि प्रयोग गरिन्छ । 

सिएसएस

हामी हाम्रो वेबसाइटलाई आकर्षक बनाउन सिएसएस प्रयोग गर्छौं । यसको पूरा नाम क्यास्केडिङ स्टाइल शीट हो । सिएसएसमार्फत हामीले हाम्रो वेब पेजमा रङ, टेक्स्ट र फन्ट आदि परिवर्तन गर्न सक्छौं । सिएसएस वेब विकासको लागि महत्त्वपूर्ण भाषा हो ।

पिएचपी

पिएचपी एक सर्भर साइड स्क्रिप्टिङ भाषा हो, यसको पूरा नाम पर्सनल होम पेज हो । यो भाषा वेब विकासको लागि प्रयोग गरिन्छ । तपाईंले जाभा स्क्रिप्टमा पिएचपीको धेरै अवधारणाहरू देख्नुहुनेछ, त्यसैले यो भाषा सिक्न तपाईंलाई सजिलो हुन सक्छ ।

पिएचपी वेब डेभलपमेन्टको लागि एक धेरै महत्त्वपूर्ण भाषा हो, यसको मुख्य कार्य एचटीएमएलसँग इम्बेड गरी वेबसाइटमा नयाँ सुविधाहरू थप्नु हो ।

जाभा स्क्रिप्ट

जाभा स्क्रिप्ट वेब डेभलपमेन्टमा सबैभन्दा मनपर्ने भाषा हो । यो भाषा गतिशील वेबसाइटहरू सिर्जना गर्न प्रयोग गरिन्छ । जाभास्क्रिप्टले वेब विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ । तपाई जाभास्क्रिप्ट बिना वेब विकास सिक्न सक्नुहुन्न् ।

वेब डेभलपमेन्टमा रोजगारी

वेब विकास तपाईको लागि राम्रो करियरको विकल्प हुन सक्छ । यदी तपाई कम्प्युटरमा रुचि राख्नुहुन्छ भने तपाईले यसलाई आफ्नो करियरको रूपमा रोज्न सक्नुहुन्छ । हाल, वेब विकासकर्ताहरूको माग द्रुत रूपमा बढिरहेको छ । वेब डेभलपरको तलब २० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म हुन्छ । तर यो तपाईंको सीपमा निर्भर गर्दछ ।


 

सम्बन्धित समाचार