कीवर्डहरू -

गण्डकी प्रदेश सरकारले राइड शेयरिङलाई मान्यता दिन थालेपछि यातायात व्यवसायी आन्दोलित

गण्डकी प्रदेश सरकारले राइड शेयरिङलाई मान्यता दिन थालेपछि यातायात व्यवसायी आन्दोलित

राइड शेयरिङको विरोधमा गण्डकी प्रदेशका यातायात व्यवसायीले आन्दोलन सुरू गरेका छन् । 

गण्डकी प्रदेश सरकारले राइड शेयरिङलाई मान्यता दिन कार्यविधि बनाउन लागेपछि गण्डकी प्रदेशका सार्वजनिक यातायात व्यवसायीले आन्दोलन थालेका हुन् । 

महासंघसँग आबद्ध व्यवसायीले बिहीबार पोखरामा गुड्ने सार्वजनिक सवारी, ट्याक्सी र लामो दूरीका बस १ घण्टा सडकमै राखेर विरोध जनाएका थिए । 

व्यवसायीले गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय र भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय आसपास आफ्ना सवारी १ घण्टा रोकेर राखेका थिए । 

व्यवसायीले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयलाई आफ्नो सातबुँदे माग समेत बुझाएका थिए ।