यातायात व्यवस्था विभागले अत्यावश्यक लाइसेन्स छपाइ कार्य बन्द भएको छ ।
यही वैशाख २५ गते बिहिबारदेखि विभागको प्रिन्टिङ प्रणालीमा समस्या आएका कारण अनिश्चितकालका लागि सेवा बन्द भएको हो ।
अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सेना, प्रहरी र गैरआवासीय नेपालीका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ हुँदै आएको थियो ।
तर विभागको प्रिन्टिङ्ग प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानका कार्य भैरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि अत्यावश्यक चालक अनुमतिपत्र छपाई कार्य बन्द गरिएको विभागले जानकारी दिएको छ ।