कीवर्डहरू -

पाँच महिनामै गूगल प्ले स्टोरबाट ट्रिप टर्बो एप १ लाख बढी डाउनलोड, विशेष छुट र गिभअवे घोषणा

पाँच महिनामै गूगल प्ले स्टोरबाट ट्रिप टर्बो एप १ लाख बढी डाउनलोड, विशेष छुट र गिभअवे घोषणा

सार्वजनिक भएको पाँच महिनामै ट्राभल मार्केटप्लेस एप ट्रिप टर्बो गूगल प्ले स्टोरबाट १ लाख बढी डाउनलोड भएको छ । छोटो समयमै एकलाख डाउनलोड पार गरेपछि ट्रिप टर्बोले विशेष अफर र गिभअवे समेत घोषणा गरेको छ । 

ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईले १ लाख डाउनलोड पार गर्नु ट्रिप टर्बोका लागि ठूलो उपलब्धि भएको बताए । ‘हामी केवल उत्कृष्ट डिल, विशेष छुट, र रोमाञ्चक एड्भेन्चर एक्टिभिटीहरू मात्र प्रदान गर्न होइन, ग्राहकलाइ उत्कृष्ट सेवा दिने कम्पनी बन्न प्रतिबद्ध छौं,’ उनले भने ।

१ लाख बढी डाउनलोड पार गरेको अवसरमा सुरू भएको ‘Trip Turbo 100K Offer’ अभियान अन्तर्गत दुई भाग्यशाली विजेताले दुईवटा निःशुल्क एकतर्फी आन्तरिक उडान टिकट पाउने छन् ।

यस्तै एक भाग्यशाली ग्राहकका लागि पोखरामा ११ हजार बराबरको हट एयर बेलुन राइड, नेपालको पहिलो फ्यामिली इन्टरटेनमेन्ट सेन्टर उप्स नेपालबाट दुईवटा गिफ्ट कार्ड (प्रत्येक ५ हजारको) तथा आन्तरिक उडान र विभिन्न एड्भेन्चर एक्टिभिटीहरूमा १ लाख भन्दा बढी बराबरको छुट र प्रोमो कोड सुविधा पाउने छन् । 

यो सुविधा २०८१ चैत्र २ देखि चैत १८ गतेसम्म सञ्चालन हुनेछ । यस अवधिमा ट्रिप टर्बो एप वा वेबसाइटमार्फत कुनै पनि उडान, बस, वा एक्टिभिटी बुक गर्ने ग्राहकहरू स्वतः गिभअवेमा समावेश हुनेछन् । २०८१ भदौ १६ गते ट्रिप टर्बो एप सार्वजनिक भएको थियो । 

ट्रिप टर्बो प्रयोगकर्ताहरूका लागि विशेष अफर

ट्रिब टर्बोका नियमित प्रयोगकर्ताहरूले २० हजार ट्रिप टर्बोको लोयल्टी पोइन्टस प्रयोग गरी कुनै पनि आन्तरिक उडानमा ५०० रूपैयाँ छुट पाउने प्रोमो कोड प्राप्त गर्न सकिनेछ । यो अफर सीमित संख्यामा मात्र उपलब्ध हुनेछ ।

पहिलो पटक उडान बुक गर्ने ग्राहकहरूले प्रोमो कोड FIRST100K प्रयोग गरी पहिलो उडान बुकिङमा २०० छुट पाउने छन् । साथै सबै प्रयोगकर्ताहरूले अफर अवधिभर प्रत्येक उडान बुकिङमा प्रोमो कोड APP100K प्रयोग गरी १५० रूपैयाँ छुट पाउने छन् । 

एपबाट पहिलो पटक बस टिकट काट्ने यात्रुहरूले प्रोमो कोड TURBOBUS प्रयोग गरी पहिलो बस टिकटमा ५० रूपैयाँ छुट पाउन सक्ने छन् । 

एड्भेन्चरमा छुट

ट्रिप टर्बोले रोमाञ्चक एक्टिभिटीहरूमा विशेष छुट पनि ल्याएको छ । यस अन्तर्गत ५० प्रतिशत वा ६ हजारसम्मको छुट पाउन सक्ने छन् ।  

प्याराग्लाइडिङ, बन्जी, स्काइ साइकलिङ, क्यानोनिङ, स्विङ, हट एयर बेलुन, र एटिभी (क्वाड बाइक) टूरमा १ हजार ४५० सम्मको छुट पाउने छन् । 

यो सङ्गै, ट्रिप टर्बोका नियमित ग्राहकहरूले ५ हजार टिटि क्वाइन प्रयोग गरेर १४०० सम्मको विशेष छुट प्राप्त गर्न सक्ने छन् । यो छुट हाईग्राउन्ड एड्भेन्चर्स (पोखरा) को शावर बन्जी, हट एयर बेलुन (पोखरा), द क्लिफ (कुश्मा, पर्वत) को बन्जी, द बन्जी नेपाल (पोखरा) को बन्जी, हाईग्राउन्ड एड्भेन्चर्स (पोखरा) को एटीभी (क्वाड बाइक) टुर, र एडभान्स प्याराग्लाइडिङ (पोखरा) को प्याराग्लाइडिङमा उपलब्ध छ ।

ट्रिप टर्बो नेपालको सबैभन्दा ठूलो अनलाइन ट्राभल मार्केटप्लेस हो । सन् २०२१ मा स्थापना भएको ट्रिप टर्बोले आधिकारिक रूपमा सन् २०२४ को सेप्टेम्बरमा ट्राभल मेला क्यामपेनमार्फत आफ्नो मोबाइल एप लन्च गरेको थियो ।

एन्ड्रोइड, आईओएस, र वेबमा उपलब्ध ट्रिप टर्बोले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान टिकट, बस टिकट, २००+ इनडोर र आउटडोर एक्टिभिटीहरू, र ओभरनाइट स्टे सेवा प्रदान गर्दै आएको छ ।